जन्ताभ्वाईस सम्बाददाता
६ , जेठ ,शुक्रबार , २०७९
कटारी । उदयपुरको कटारी नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनलाई नेकपा एमालेले पछी पारेको छ । एमालेका मेयरका उम्मेदबार ज्ञानेन्द्र श्रेष्ठले पछिल्लो चरण अग्रता कायम गर्नुभएको छ । कटारी नगरपालिकाको वडा नं. ९, १०, ११, १२, १३ र १४ को मत गणना गर्दा २ हजार १११ मत सहित श्रेष्ठ अगाडी रहनुभएको छ ।
निवर्तमान मेयर समेत रहेका श्रेष्ठलाई गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले पछ्याई रहेको छ । मेयरका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले १ हजार ९५६ मतले ल्याएर पछ्याई रहनुभएको छ ।
तेस्रो स्थानमा स्वतन्त्र मेयरका उम्मेदबार कृष्णप्रसाद बराल (केपी बराल) ले १ हजार ४० मत ल्याएर पछ्याई रहनुभएको छ । यस्तै उपमेयरमा नेकपा एमालेकी गीता खड्काको अग्रता कायमै रहेको छ । उहाँले २ हजार २२१ मत ल्याउनुभएको छ भने भने नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदबार दिवस कटुवालले १ हजार ८२८ मत ल्याएर पछ्याईरहनुभएको छ । अर्का नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदबार हृदय तामाङ ७३५ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।


जनता भ्वाइस 







