जन्ताभ्वाईस सम्बाददाता
६ , जेठ ,शुक्रबार , २०७९
कटारी । कटारी नगरपालिकाको वडा नम्बर १० मा नेकपा एमालेका वडाध्यक्ष उमेद्वार क्षेत्रबहादुर खड्काको प्यानल नै विजयी भएको छ । खड्काले कुल खसेको १४ सय ६८ मतमा ५ सय २१ मत पाउनुभयो । उहाँको निकटतम् प्रतिष्पर्धि एकिकृत समाजवादी (कलम)का लेटनारायण श्रेष्ठले ३ सय ७४ मत पाउनुभयो भने गठबन्न्धनका काँग्रेसका उमेद्वार बलबहादुर खत्रीले ३ सय २ मत पाउँदा स्वतन्त्र गौरबहादुर कटुवालले १ सय ७३ मत पाउनुभयो ।
त्यहाँ मतदान सकिएपछी भएको विवादमा गोली चल्दा स्वतन्त्र उमेद्वार कटुवालका भतिज १९ वर्षिय बीरबहादुर कटुवालको घटनास्थलमै ज्यान गएको थियो । त्यसैगरी १४ वर्षिय मोहनबहादुर श्रेष्ठ घाईते भएका थिए । त्यहाँ एमालेबाट वडा सदस्यमा अमृतबहादुर सुनुवार ,गणेशबहादुर श्रेष्ठ ,गिता गिरी र चेतकुमारी विश्वकर्मा विजयी भएका छन् ।
गोली चलेपछी भएको विवादका कारण कटारीको मतगणनामा ढिलाई भएको थियो । घटनाका विषयमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने , उचित क्षतिपूर्ति तथा घाईतेको उपचार गर्ने सहमतिपछी मतगणना सुरु गरिएको थियो ।


जनता भ्वाइस 







