images
images

कटारीमा एकिकृत समाजवादीले खाता खोल्यो , वडा नम्बर ९ मा प्यानल नै विजयी

जन्ताभ्वाईस सम्बाददाता
६ , जेठ ,शुक्रबार , २०७९

कटारी । कटारी नगरपालिकाको वडा नम्बर ९ मा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले खाता खोलेको छ । वडामा वडाध्यक्षका उमेद्वार निवर्तमान वाडाध्यक्ष वेगबहादुर आले (सुनिल)को प्यानलले नै अत्याधिक मतका साथमा विजयी हासिल गरेको हो ।
गएराति भएको मतगणनाको परिणाम अनुसार आलेले ४ सय ७ मत ल्याउँदा प्रतिष्पर्धि माओवादी केन्द्रका धु्रब कार्कीले २ सय ८० र एमालेका बाशु घिमिरेले २ सय ५० मत मात्रै प्राप्त गरे ।त्यहाँ समाजवादीले फराकिलो मतान्तर सहित प्यानल नै हात पारेको हो ।
त्यहाँ ११ सय २४ मत खसेको थियो ।उक्क वडामा नगर प्रमुखका लागि स्वतन्त्र केपी बरालसँग गरेको गठबन्धनमा बरालले २ सय ९६ मत पाउँदा ,एमालेका ज्ञानेन्द्र श्रेष्ठले २ सय १ र माओवादी काँग्रेस गठबन्धनका राजेशचन्द्र श्रेष्ठले १ सय ५१ मत पाए ।
उपप्रमुखमा समाजवादीकै हृदय तामाङ्गले ३ सय ७८ मत पाउँदा एमालेका गिता खड्काले १ सय ९६ र गठबन्धनका दिवश कटुवालले २ सय १० मत प्राप्त गरे । आले दोस्रो कार्यकालका लागि फेरी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।