जन्ताभ्वाईस सम्बाददाता
५ , जेठ ,विहिबार , २०७९
कटारी । कटारी नगरपालिकाको वडा नम्बर ११ मा नेकपा एमालेबाट अनन्त हायु वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । लोपोन्मुख हायु समुदायबाट हायुले गठबन्धन उमेद्वार माओवादी केन्द्रका निवर्तमान अध्यक्ष दिपक वुढाक्षेत्रीलाई ४ सय १२ का विरुद्ध ४ सय १५ मत ल्याएर विजयी बन्नुभएको हो ।
वडा नम्बर ११ मा ५ घर परिवार रहेको लोपोन्मुख हायु जातिको जनसंख्या ३७ जना रहेको छ । नेकपा एमालेको जिल्ला कमिटीका सदस्य समेत रहनुभएका हायुले निर्वाचित भएपछी अत्यन्तै खुसी लागेको बताउनुभयो ।
डेढदशक एमाले राजनीतिको यात्रामा पार्टीले यसपटक जिम्मेवारी सहिद उमेद्वार बनाएको बताउनुभयो । निर्वाचित भएपछी वडामा सडक , खानेपानी लगायतका विकासका पूर्वाधार बनाउन आफु लागि पर्ने हायुले बताउनुभयो ।
माओवादी केन्द्रको गढ र ठुला जातजातिको दबदबाकावीचमा गठबन्धनलाई परास्त गर्नुपर्ने चुनौतीलाई पार गर्दै हायु निर्वाचित हुनुभएको हो ।


जनता भ्वाइस 







