images
images

कटारीको १२ नम्बरमा माओवादी केन्द्रको प्यानल विजयी

जन्ताभ्वाईस सम्बाददाता
बिहिबार , ५ जेठ २०७९
कटारी । उदयपुरको कटारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । कटारी नगरपालिका १२ को वडाध्यक्ष पदमा नेकपा माओवादीका उम्मेदवार यम्बर कटुवाल बासु सहित प्यानल नै विजयी भएका छन् ।
कटुवालले चार सय ६७ प्राप्त गरी १२६ मतान्तरले उनका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसका क्षेत्र कार्कीलाई पराजित गर्दै विजयी भएका हुन् ।
कार्कीले ३ सय ४१ मत प्राप्त गरेका थिए थिए भने नेकपा एमालेका लाल बहादुर बस्नेतले २ सय १४ मत प्राप्त गरेका थिए । नगरपालिका तथा अन्य वडामा माओवादी र कांग्रेसको गठबन्धन भएपनि वडामा भने एक्ला एक्लै निर्वाचनमा भाग लिएका थिए ।