images
images

मतगणनाका कारण नगरपालिकाको अत्यावश्यक वाहेकका सेवा बन्द

जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९

कटारी । नगर कार्यपालिकाको कार्यालय कटारीले अर्को सुचना जारी नभएसम्मका लागि नगरकार्यपालिकाबाट प्रवाह हुने सेवाहरु बन्द भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले अत्यावश्यक वाहेकका सेवाहरु बन्द गरिएको जनाउको हो ।
सम्पन्न स्थानीय निर्वाचनको मतगणना नगर कार्यपालिकाको कार्यालय परिसरमा रहेको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा जारी मतगणनाका कारण सेवा रोक्नु परेको सुचनामा उल्लेख गरिएको छ । मतगणनमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सेवा रोकिएको पनि सुचनामा उल्लेख गरिएको छ ।