
जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९
ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का गम्बु शेर्पा विजयी हुनुभएको छ । कांग्रेसको गढ मानिने खिजिदेम्बामा जसपाका शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गर्नुभएको हो ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको पालिका खिजिदेम्बामा जसपाका शेर्पा २८८२ मत ल्याएर विजयी हुनुभयो । कांग्रेसका बस्नेतले २७५२ मत ल्याउनुभयो । एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याउनुभएको थियो ।
उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी हुनुभएको छ ।उहाँले २८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले २२४१ र एमालेको उम्मेदारका पक्षमा १७१५ मत पाएका थिए ।
दुई पूर्वजिल्ला सभापति महेश कोर्मोचा र प्रदीप सुनुवारको क्षेत्र भएकाले त्यहाँ कांग्रेसको संगठन बलियो थियो । २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिट कांग्रेसले जितेको थियो । ९ वटा वडा रहेको खिजिदेम्बाका ७ वडा कांग्रेस र २ वटा वडा जसपाले जितेको छ ।