images
images

लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई निर्वाचित

जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९

कटारी । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित हुनुभएको छ । गएको आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत पाए भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाउनुभयो ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित हुनुभएको छ उहाँलले एक हजार ९३३ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाउनुभयो ।