images
images

ताप्ली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी

जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९

कटारी । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउँदै निर्वाचित हुनुभएको हो । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउँदै कांग्रेसका धनमाया मगर निर्वाचित हुनुभयो । धनमायाले २ हजार ५ सय ८६ मत प्राप्त गनुर्भभयो । त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धव हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा माओवादी केन्द्रका विष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमलव आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।