images
images

दुधौलीमा गठबन्धनबाट मेयरमा माओवादी र उपमेयरमा काँग्रेस विजयी

जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९

दुधौली । सिन्धुलीको दुधौलीमा गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनका तर्पmबाट उमेद्वार बन्नुभएका माओवादी केन्द्रका दिनेश अधिकारी मेयरमा र काँग्रेसका चन्द्रकशोर थारु उपमेयरमा विजयी भएका छन् ।
अधिकारीले १५ हजार ८ सय ३८ र थारुले १४ हजार २ सय ११ मत ल्याएर जित हात पारे । प्रतिष्पर्धि एमालेका मेयरका उमेद्वार लक्ष्मण कार्कीले १० हजार ६ सय ५२ मत पाउँदा उपमेयरका प्रतिष्पर्धि एमालेका बालकुमारी अधिकारीले १० हजार ६ सय ११ मत प्राप्त गरेका थिए ।
गएको २०७४ को निर्वाचनमा मेयर र उपमेयर दुईवटै जित हात पारेको एमालेले यसपालि दुवै पद गुमााएको हो । अहिले विजयीहरुले विजय र्याली सहित दुधौली नगर परिक्रमा गरिरहेका छन् ।