जन्ताभ्वाईस सम्बाददाता
४ , जेठ ,बुधबार , २०७९
कटारी / कटारी नगरपालिकाको मतगणना हिजोसाँझ देखि जारी छ । वडा नम्बर १४ र १३ को मतगणना जारी रहेको हो । पछिल्लो मतगणना आज विहान सम्मका अनुसार कटारी नगरपालिकाको प्रमुख मेयरमा काँग्रेस माओवादी गठबन्धनका उमेद्वार काँग्रेसका राजेशचन्द्र श्रेष्ठले ५ सय ७३ मतले अग्रता लिनुभएको छ भने उहाँलाई नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ सय १८ मतले पछ्याईरहनुभएको छ ।
उहाँहरुको मतान्तर ५५ रहेको छ । त्यसैगरी नगरको उपप्रमुख उपमेयरमा नेकपा एमालेका गिता खड्काले ५ सय ५२ मतले अग्रता लिनुभएको छ । उहाँलाई गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर उमेद्वार विनोद कटुवाल दिवशले ४सय ६२ मतले पछ्याईरहनुभएको छ ।
उहाँहरुको मतान्तर ९० रहेको छ ।त्यसैगरी प्रमुख मेयरमा स्वतन्त्र केपी बरालले ५९ र वालकृष्ण थापा स्वतन्त्रले १५ , मत ल्याएका छन्,मेयरमा हलो चिन्हले ४ मत ल्याएको छ । उपपमेयरमा कृष्ण थापाले ७७ , मुढा चिन्हले २ र धारा चिन्हले १ मत ल्याएका छन् ।
यो बुधबार विहान ७ बजेसम्मको परिणाम हो । यस परिणाम अनुसार वडा नम्बर १३ मा ६सय ५ मत गणना हुँदा वडाध्यक्षमा सूर्य चिन्हले २८४ र हसिया हथौडा चिन्हले २ सय ५७ मत प्राप्त गरेको छ । त्यस्तै १४ नम्बर वडामा वडाध्यक्षमा सुर्य ३ सय ३१ र रुखले ३ सय ४१ मत प्राप्त गरेका छन् ।


जनता भ्वाइस 







