जन्ताभ्वाईस सम्बाददाता
३ , जेठ ,मंगलबार , २०७९
कटारी /कटारी नगरपालिकाको मतगणना आज मंगलबार ६ बजेबाट सुरु भएको छ । स्थानीय निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार सम्पन्न सर्वदलिय वैठकले ५ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेसँगै मतगणना सुरु भएको हो । विभिन्न तयारीसँगै ६ बजेपछी मतणना सुरु भएको छ ।
मतदानका दिन कटारी १० मा प्रहरीको गोली लागेर स्थानीय वीरबहादुर कटुवालको ज्यान जानुका साथै मोहन श्रेष्ठ घाईते भएपछी मतगणना सुरु हुन सकेको थिएन । आजको वैठकमा दलहरु वहिर नै मिलेर आएपछी मतगणनाका लागि निर्णय भएको अधिकृत राउतले बताउनुभयो ।
राउतका अनुसार ५ बजेबाट मतगणना सुरु भएको छ । ‘उहाँहरु वाहिर नै मिलेर आउनुभयो ।’राउतले भन्नुभयो –‘त्यो विषयले वैठकमा प्रवेश नै गरेन ’नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मणिराज दाहालले सुरक्षा संयन्त्रसँग यसअघि भएको वैठकको निर्णयलाई निर्वाचित प्रतिनिधि र सरोकारवालाहरुले कार्यान्वयनका लागि पहल गर्ने सहमति भएको बताउनुभयो ।
यसअघि वसेको वैठकले उच्चस्तरीय छानविन समिति संघिय सरकारले गठन गर्नुपर्ने र छानविन गर्नुपर्ने , दोषिलाई निलम्बन सम्मको कार्वाही गर्नुपर्ने , क्षतिपूर्ति तथा घाईतेलाई सरकारले उपचार र मृतकलाई सहिद घोषणा गर्न सरकारलाई लेखि पठाउने निर्णय भएको छ । कटारी नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ५२ मत खसेको छ ।
वडा नम्बर १४ र १३ हुँदै क्रमश मतगणना गर्ने सहमति भएको बताईएको छ । अहिले १४ र १३ को सुरु भएको छ । निर्वाचन अधिकृत राउतले एकएकघण्टा गरि सहज किसिमले परिणाम सार्वजनिक गर्ने प्रयास भईरहेको बताउनुभयो । ‘सहज किसिमले नतिजा सार्वजनिक गर्नेछौं ।’
यसअघि हिजोको वैठकमा संयन्त्रको सोही मागलाई तुरुन्त कार्यन्वयन नगरेसम्म मतगणना गर्न नदिने सहमति गरेका दलहरु आजभने मतगणना गर्न तयार भएका हुन् । मतपेटिका कटारी ल्याईसकेपछी हिजो नै मृतकको पोष्टमार्टम गरी सकिएको छ । लामो समय मतगणनाको प्रतिक्षामा रहेको कटारीवासी अव भने नतिजाको पखाईमा छन् ।


जनता भ्वाइस 







