images
images

कटारीमा किरात समुदायले उभौली धुमधामका साथ मनाए

जन्ताभ्वाईस सम्बाददाता
२ , जेठ ,सोमबार , २०७९

कटारी / कटारीका किरात समुदायले आप्mनो महत्वपूर्ण पर्व उभौली आज धुमधामका साथमा मनाएका छन् । किरात राई समुदाय र सुनुवार समुदायले उभौली मनाएका हुन् ।
कटारी ३ स्थित साकेला पार्कमा राई समुदाय र नजिकै रहेको सुनुवारहरुको भूमिपुज्ने थानमा सुनुवारहरुले उभौली मनाएका हुन् । पूर्णिमाको अवसरमा मनाईने उभौलीको अवसरमा किरात राईहरुले साकेला नाच्दै शुभकामना आदान प्रदान गरेका थिए ।
त्यसैगरी सुनुवारहरुले स्याँदर पिदार मनाएका हुन् । दुवै समुदायले आ आप्mनो भेषभुषामा साकेला र चण्डी नाच्दै उभौली मनाएका हुन् । किरात राई यायोक्खा नगर कमिटी कटारी र सुनुवार सेवा समाज कटारीको आयोजनामा उनीहरुले उभौली मनाएका हुन् ।