images
images

दुईदिनपछी मतपेटिका र शव मतदानकेन्द्रबाट उठाईयो

– ऋषि राई
१ जेठ , २०७९ , आईतबार

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० , सोरुङ्गछविसे स्थित जनता माविको केन्द्रबाट दुईदिनपछी मतपेटिकाहरु स्थानीय निर्वाचनको कार्यालय कटारी ल्याईदैं छ । नगरको उत्तरपहाडी वडामा मतदानका दिन शुक्रबार प्रहरीको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएपछी त्यहाँबाट मतपेटिकाहरु ल्याउन सकिएको थिएन् ।
मतपेटिकासँगै मृतकको शव पनि उठाईएको छ । शव पोष्टमार्टमका लागि कटारी तर्पm ल्याईदैं छ । स्थानीयको लगातारको विरोधका बाबजुद सुरक्षाकर्मीले सुरक्षित पहरा दिएर राखेका मतपेटिकाहरु आईतबार साँझ मात्रै मतगणनास्थल तर्पm ल्याईदैं छ ।
मतदान सकिएपछी मुचुल्का उठाएर मतपेटिका ल्याउने क्रममा भएको विवादमा प्रहरीको गोली लागेर स्थानीय १९ वर्षिय वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो ।त्यसैगरी १४ वर्षिय मोहनबहादुर श्रेष्ठ घाईते भएका थिए । लगत्तै आक्रोशित स्थानीयले त्यहाँबाट शव र मतपेटिका उठाउन दिएका थिएनन् ।
शनिबार स्थानीय निर्वाचन अधिकृतको कार्यालय कटारीमा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादब , प्रहरी उपरिक्षक सुवासचन्द्र वोहोरा , सहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेल लगायतका जिल्लाका सुरक्षा निकायका प्रमुखहरु राजनैतिक दलका प्रतिनिधिहरु , नगरका उमेद्वारहरुको दिनभरीको वैठकले गरेको निर्णय पश्चात आईतबार मतपेटिकाहरु ल्याईदैं गरिएको हो ।
वैठकले उच्चस्तरीय छानविन आयोग गठन गरी दोषिलाई निलम्बन लगायतका कार्वाही लेखि पठाउने ,मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने , मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायलाई लेखि पठाउने घाईतेलाई सम्पूर्ण उपचार क्षतिपूर्ति नेपाल सरकारलाई उपलब्ध गराउन लेखि पठाउने निर्णय भएको थियो । सोही वैठक बमोजिमको निर्णयलाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी सहित जिल्लाको सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो ।
आईतबार दिउँसो जिल्ला अधिकारी सहितको टोली र स्थानीयको छलफलबाट निर्णय बमोजिमको प्रकृया सुरु गर्ने सहमति पश्चात शव पोष्टमार्टमका लागि कटारी अस्पत्ताल र मतपेटिका मतगणस्थल तर्पm ल्याईदैं छ ।
‘पोष्टमार्टम गरेपछी थप प्रकृया सुरु गर्ने सहमति भयो ।’स्थानीय ज्ञानु दाहालले भने –‘दोषीलाई हदैसम्मको कार्वाहीका लागि कदम चाल्ने सिडियोको भनाईपछी शव उठ्यो । ’शव दुर्गन्धित अवस्थामा पुगिसकेको पनि स्थानीयले बताए । घटनापश्चात स्थानीयले विरोधका साथ माग पुरा नभएसम्म मतपेटिका र शव उठाउन दिएका थिएनन् ।

मतगणना प्रकृया सुरु गरिने

शनिबारको वैठकले निर्णय पश्चात स्थानीय निर्वाचनको कार्यालय कटारीले बाँकी निर्वाचनको प्रकृया अघि बढाउने समेत निर्णय गरेको थियो । निर्णय अनुसार मतपेटिका आउनासाथ मतगणनाको प्रकृया सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय कटारीका प्रमुख राजकुमार राउतले बतााए ।
‘मतपेटिकाहरु आएपछी मतगणनाको प्रकृया सुरु हुन्छ ।’उनले थपे –‘सोही विवादले मतपेटिका ल्याउन नसक्दा ढिलाई भएको हो ।’१४ वडा रहेको नगरको अन्य सवै वडाका मतदानकेन्द्रबाट शुक्रबार वेलुकी नै मतपेटिकाहरु मतगणनास्थलमा ल्याईसकिएको छ ।मतपेटिकाहरु आईसकेपछी आईतबार राति देखि नै मतगणनाको प्रकृया सुरु गरिनेछ । आईतबार रातिसम्ममा मतपेटिकाहरु गणनास्थल आईपुग्नेछ ।

सामान्य विवादमा गोली चलाईएको स्थानीयको आरोप

प्रहरीले मतपेटिका लुट्नका लागि आएको समूहसँग झडपका क्रममा ज्यान बचाउन गोली चलाईएको सार्वजनिक गरिरहंदा स्थानीयले भने यस घटनामा सामान्य विवादमा पनि सिधै छातीमा गोली चलाईएको बताउँदै आएका छन् ।
नेकपा एमालेका सोहीवडाका वडाध्यक्षका उमेद्वार क्षेत्रबहादुर खड्काले सामान्य विवादमा एक्कासी गोली चलेको बताए । साँझ ५ वजिसकेको थियो मतदान शान्तिपूर्ण भएको थियो ।
निर्वाचनको अन्तिम चरणमा दलनिकट व्यक्तिहरु केहि नजिक गएका थिए । खड्काले भने –‘अनि स्थानीयको केहि समूहले किन त्यति नजिक गएको दिउँसो टाढा नै वस्दा भएको थियो भन्दै सामान्य विवाद भएको एक्कासी प्रहरीले गोली चलायो ।’