images
images

दुधौलीको १३ र १४ नम्बर वडाध्यक्षमा माओवादी केन्द्र विजयी

जन्ताभ्वाईस सम्बाददाता
१ जेठ , आईतबार , २०७९

दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १३ र १४ दुईवटै वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । स्थानीय निर्वाचन २०७९ को वैशाख ३० सम्पन्न मतदातको मतगणना अनुसार ९ सय १४ मत सहित वडा नम्बर १३ मा माओवादी केन्द्रका दिपक खड्का वडाध्यक्षमा विजयी हुनुभयो ।
उहाँका निकटतम् प्रतिष्पर्धि काँग्रेसका विविसिंह तामाङ्गले ८ सय ९३ मत पाउनुभयो । त्यसैगरी १४ नम्बर वडामा माओवादी केन्द्रकै भैरबहादुर पुलामी वडाध्यक्षमा विजयी हुनुभयो । उहाँले ७ सय ४८ मत ल्याउँदा काँग्रेसका ताराबहादुर सुनुवारले ६ सय ४२ मत ल्याउनुभयो ।