images
images

‘सामान्य विवादमा गोली चल्यो ’प्रत्यक्षदर्शी , एकको मृत्यु एकजना गम्भिर घाईते

जन्ताभ्वाईस सम्बाददाता
३० वैशाख , शुक्रबार २०७९

कटारी/म क्षेत्रबहादुर खड्का नेकपा एमालेको तर्पmबाट कटारी , १० को वडाध्यक्षको उमेद्वार । विहानैदेखि जनता मावि सोरुङ्गमा शान्तिपूर्ण किसिमले मतदान भएको थियो । मतदानका क्रमममा दिउँसो देखि नै सुरक्षा भने केहि फितलो देखिन्थ्यो ।
साँझ ५ वजिसकेको थियो निर्वाचनहरु राम्रैसँग भएको थियो । निर्वाचनको अन्तिम चरणमा दलनिकट व्यक्तिहरु ऋलिक निर्वाचनस्थलको नजिक गएका थिए । अनि स्थानीयले किन त्यति नजिक गएको दिउँसो टाढा नै वस्दा थियो भन्दै थिए । एक्कासी प्रहरीले गोली चलायो ।
सामान्य विवादमा गोली चलायो प्रहरीले ,घटनाघट्दा मतपेटिका शिलप्याक भईसकेको थियो ।गोली लागेर स्थानीय १९ वर्षिय नविन कटुवालको घटनास्थलमै ज्यान गयो । त्यसैग्री स्थानीय १४ वर्षिय मन श्रेष्ठ गम्भिर घाईते भए ।
घटनापश्चात अहिले सेना आएर मतपेटिका लगायत घटनास्थलको सुरक्षा दिईरहेको छ । घाईतेलाई भर्खरै उपचारका लागि कटारी तर्पm पठाईएको छ । कटारीमा हेलिकोप्टर आउँछ भन्थे के हो जानकारी थाहा भएन् । अहिले घटनास्थलमा स्थानीयले विरोध जनाएर घेरेर वसेका छन् ।

(खड्कासँग पत्रकार ऋषि राईले टेलिफोनमा गरेको कुराकानिको अंश )