जन्ताभ्वाईस सम्बाददाता
२७ , बैशाख ,मंगलबार , २०७९
कटारी / नेकपा एकिकृत समाजवादी पार्टी (माधव नेपाल समूह) र कटारीमा माओवादी केन्द्रले उमेद्वार नबनाएपछी मेयरमा स्वतन्त्र उमेद्वारी दिनुभएका केपी बराललको समूहले आज चुनावि सभा सम्पन्न गरेका छन् । वृहत शक्ति प्रदशर्न सहित उक्त गठबन्धनले कटारीको भूगोलपार्कमा सभा सम्पन्न गरेका हुन् ।
ठूलो समूह सहित बजार परिक्रमा र मोटरसाईकल ¥याली पश्चात भएको सभामा वोल्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यो नगरको विकासका लागि मेयरमा बराल र उपमेयरमा हृदय तामाङ्गलाई विजयी गराउन आग्रह गनुृभयो । उहाँले यस अघिको स्थानीय निर्वाचनमा एमालेबाट ज्ञानेन्द्र श्रेष्ठलाई मेयरमा निर्वाचित गराउन सफल भएपनि निर्वाचन पछी पार्टीको घोषणा पत्र च्यातेर आपैm घोषणा गर्दै हिनेको आरोप लगाउनुभयो ।
कटारीमा व्याप्त भ्रष्टाचारको अन्त्य , रोजगार सिर्जना , शुसासन र यहाँको स्थानीय उत्पादनका स्थानीय रक्सीलाई समेत स्तरवृद्धि गरी अन्र्तराष्ट्रिय करण गराउन कानुनी रुपमा लागि पर्ने बताउनुभयो । त्यसैगरी घोडा चिन्हबाट मेयरमा उमेद्वार बन्नुभएका केपी बरालले आप्mना प्रतिवद्धता पत्रमा भएका प्रतिवद्धता पुरा गर्ने बताउनुभयो । कटारी नगरमा जनताको सेवकको रुपमा सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी उपमेयरका उमेद्वार हृदय तामाङ्गले कटारी नगरमा एउटा काम गराउन पनि चप्पल खियाउनु पर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो । मेयर उपमेयरलाई भेट्न पनि पालो कुर्नुपर्ने , निर्देशन मान्नुपर्ने पालेको हप्काई खानुपर्ने वाध्यताको अन्त्य गर्दै सहज रुपमा जनतासँग काम गनर््े प्रतिवद्धता जनाउनुभयो ।


जनता भ्वाइस 







