images
images

त्रियुगालाई स्वच्छ , सभ्य र समुन्नत नगर बनाउने जसपाको प्रतिवद्धता

जन्ताभ्वाईस सम्बाददाता
२७ , बैशाख ,मंगलबार , २०७९

कटारी/ उदयपुरको त्रियुगा नगरपालिकामा जनता समाजवादी पार्टीबाट मेयरका उमेद्वार मञ्जु राईले स्वच्छ सभ्य र समुन्नत नगरका लागि निर्वाचनमा होमिएको बताउनुभएको छ । जसपा त्रियुगामा सचेत जागरुक र विवेकशील नागरिक जसपा नेपालको आधार स्वच्छ सुन्दर सभ्य र समुन्त हाम्रो त्रियुगा नगर भन्ने नारा लिएर मतदाताको घरदैलोमा पुगेको छ ।
उमेद्वार राईले आप्mनो प्रतिवद्धतामा भूमी सम्बन्धी ऐन,नियम एवम कार्य विधिअनुरूप भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नु हुने हरुको लागि भूमिको अधिकार सुनिश्चत गर्ने कार्यलाई महत्पूर्ण प्राथमिकता जग्गाधनि पुर्जा निर्माण गरी उपलब्ध गर्ने सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचार मुक्त आर्थिक पार्दशिता र शुसासन कायम गर्नु, कृषिजन्य वस्तु लाई आत्मा निर्भर नगर बनाउन आफु मेयर पदमा उमेद्वार रहेको उहाँको भनाई छ ।

व्यवसायिक तथा प्राविधिक जनशक्ति उत्पादन त्रियुगा नगरलाई शैक्षिक केन्बनाउन,स्वच्छ सफा सुन्दर सभ्य सम्मुनत आत्मानिर्भर अर्थतन्त्र नगर बनाउन ,युवा रोजगार मैत्री नगर बनाउन,दुर्व्यसनी मुक्त सहर बनाउन,हरित स्मार्ट सहर भौतिक पूर्वाधार सम्पन्न नगर बनाउन ,जातिय तथा लैङ्गिक विभेद मुक्त सहर बनाउन , पंजीकरण सेवा घर घरमा उपलव्ध गराउन,सबै जनता लाई समान स्वास्थ उपचारको पहुँच पुर्याउन ,सबै भाषा धर्म संस्कृति लाई संरक्षण तथा विकास गर्न, दलित तथा महिला बिकास बोर्ड गठन गर्न त्रियुगामा जसपाले आप्mनो सरकारको दावी सहित चुनावि मैदानमा उत्रिएको जनाएको छ । त्यसैगरी नगर स्तरिय खेलकुद बिकास बोर्ड गठन, समानुपातिक समावेशी सिद्धान्त लाई व्यवहारत कार्यलाई पनि जसपाले प्रतिवद्धतामा प्राथमिकतमा राखेको छ ।
उदयपपुरमा जसपा एक्लै चुनावि प्रतिष्पर्धामा छ । जसमा त्रियुगामा जसपाले महिलालाई अघि सारेको हो । मुलधारका ठुला पार्टीहरुले महिलाको पक्षमा कुरा गरेपनि व्यवहारमा महिलालाई पछि पार्दैगर्दा जसपाले भने महिलालाई अघि सारेको हो ।्