images
images

‘जनताले नै उठनु पर्छ भनेर उठेको हुँ ’ केशब बराल , वडाध्यक्ष उमेद्वार दुधौली ८ ,नेपाली काँग्रेस

जन्ताभ्वाईस सम्बाददाता
२६ , बैशाख ,सोमबार , २०७९

दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ का नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार हुनुहुन्छ केशब बराल ।बराल ३५ बर्ष अघि देखि नै नेपाली काङ्ग्रेसबाट राजनितीमा होमिएका हुन् ।
वडालाइ शुसासन,समृद्धि र भ्रष्टाचार रहित बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेका बराल जनताको समर्थन पुर्णरुपमा रहेको बताउँछन् । जनताले नै उठ्नु पर्छ र जनताकै आवश्यकतालाई मध्यनजर गरेर उम्मेद्बारी भएकाले जित सुनिश्चित भएको बरालको दाबी छ ।
बराल भन्नुभयो –‘ स्वास्थ्य क्षेत्रमा बिशेष हुनेछ त्यसपछि कृषि ,शिक्षा लगायतका अन्यलाई समेट्नेछु। ’ उहाँले थप्नुभयो – ‘म वडा अध्यक्ष भएको खण्डमा सबै पार्टीका जनतालाइ कुनै भेदभाव नराखी समान व्यवहार गरि अघि बढी वडालाइ कसरी बिकासमा गर्न सकिन्छ तिरै मेरो ध्यान केन्द्रित हुनेछ ’
दुधौली नगरपालिकाको मेयर र उप मेयर पदकालागी गठबन्धन भएपनी वडा स्तरमा कुनै पनि गठबन्धन भएको छैन।बराल सहित वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट सिताराम भट्टराई र माओवादी केन्द्रबाट गोबिन्द मगर चुनाबी मैदानमा छन ।