images
images

कटारीमा गठबन्धनको प्रतिवद्धता , प्रमुखमा विजयी भए पारिश्रमिक नलिने, गठबन्धनलाई दिगो बनाउने उद्येश्य

-ऋषि राई
२५ , बैशाख ,आईतबार , २०७९

कटारी / कटारी नगरपालिकामा काँग्रेस , माओवादी केन्द्रको गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुख पदमा विजयी भए नगर प्रमुखको कार्यकाल भरिको पारिश्रमिक नलिने घोषणा गरिएको छ । उक्त रकम भलाई कोष खडा गरी अति विपन्न , सिमान्तकृत ,दलित , आदिवासी , जनजाति वर्गलाई सहयोग हुने अति आवश्यक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कटारी नगरपालिकामा गठबन्धनबाट प्रमुख मेयर पदमा काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयर पदमा माओवादी केन्द्रका विनोद कटुवाल दिवश उमेद्वार रहेका छन् । प्रतिवद्धता पत्रमा गठबन्धनले राष्ट्रिय आवश्यकताका लागि साझा गठबन्धनलाई दिगो राख्ने , स्थानीय सरकार संञ्चालनमा बहुमत ल्याउने , दलिय मतभेख कम गरी विकासमा साझा अवधारणा विकास गर्ने लगायतका ७ वुँदे उद्येश्य राखेको छ ।
त्यसैगरी कृषी , शिक्षा ,स्वास्थ्य , पर्यटन ,पूर्वाधार , भूमि व्यवस्था , युवा खेलकुद र पत्रपत्रिका ,रोजगारी , सामाजिक न्याय लगायतमा गठबन्धनले जोड दिएको छ ।पर्यटनमा खसिबास महादेव गुफा ,ताराघारी महादेव गुफा , राधाकृष्ण मन्दिर लगायतका नगरका सवै धार्मिकस्थलको व्यवस्थापनमा जोड दिईएको छ ।स्वास्थ्यमा कटारी अस्पत्तालमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन , विशेषज्ञ डाक्टरको व्यवस्थाप गर्ने गठबन्धनको प्रतिवद्धता छ ।
नगरमा स्थानीय स्तरमा साहित्य तथा समाचारमुलक पत्रपत्रिका संञ्चालनमा जोड दिने जस्ता कार्यक्रम पनि गठबन्धनले प्राथमिकतामा राखेको छ ।सामाजिक सुरक्षा भत्तालाई सर्वसुलभ बनाउने , नगरभित्रका ५ सय वा सो भन्दा बढी संख्यामा रोजगारी सिर्जना गर्न उद्योगलाई विद्युत महशुल छुट गर्ने लगायतका कार्यहरु पनि गठबन्धनले प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।