images
images

शिक्षा , स्वास्थ्य , खानेपानी र कृषीलाई प्राथमिकतमा राख्दै कटारीमा एमालेको प्रतिवद्धता सार्वजनिक

-रेनु पराजुली
२२ वैशाख , विहिबार २०७९

कटारी /उदयपुरको कटारी नगरपालिकामा शिक्षा , स्वास्थ्य , कृषी तथा खानेपानीलाई प्राथमिकतामा राख्दै नेकपा एमालेले निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सुखी र खुसी नगरवासी समृद्ध नगरको आधार , कटारी नगरपालिकामा एमाले सरकार भन्ने नाराका साथ स्थानीय तह निर्वाचन २०७९ को प्रतिवद्धता एमालेले सार्वजनिक गरेको हो ।
एमालेले कटारी नगरपालिकामा पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठलाई मेयर र उपमेयरमा गिता खड्कालाई उमेद्वार बनाएको छ । प्रतिवद्धता पत्रमा गुणस्तरीय शिक्षाको आधार , प्राविधिक शिक्षाको विस्तारमा सुधार भन्दै एमालेले १७ बुँदामा गुणस्तरीय शिक्षा सम्बन्धि प्रतिवद्धता सार्वजनिक गरेको हो ।
नगरलाई भौगोलिक तथा वातावरणीय अवस्थालाई सुहाँउदो ऐच्छिक विषयको पाठ्यक्रम बनाई कक्षा १ देखि १० सम्म लागु गर्ने ,प्राविधिक शिक्षालय स्थापना ,सामुदायिक विद्यालयहरुमा शिक्षण अनुदान ,शैक्षिक हवको विस्तार लगायतलाई एमालेले प्राथमिकतमा राखेको छ । त्यसैगरी ११ वुँदाको स्वास्थ्य सम्बन्धि प्रतिवद्धता जारी गर्दै सवै वडामा स्वास्थ्य केन्द्र स्थापना जेष्ठ नागरिकलाई निशुल्क उपचार , विभिन्न निशुल्क शिविर तथा उपचार सेवाहरु समेटिएको छ ।
त्यस्तै खानेपानीमा ११ वुँदे प्रतिवद्धता सार्वजनिक गर्दै फोहोर व्यवस्थापना सहित स्व्च्छ खानेपानी , सफा वस्ती र राम्रो आनिवानी सहितको नगर बनाउने जनाएको छ ।त्यसैगरी उन्नत कृषि र किसानको संवृद्धि भन्ने नाराका साथ कृषिमा आत्मनिर्भर कटारी नगरको आधार , जैविक र उन्नत खेतीको लागि स्थानीय सरकार बनाउन एमालेले लागि पर्ने उल्लेख गरेको छ ।
त्यसैगरी यातायात ,पूर्वाधार ,उद्यमशिलता , रोजगारी , औद्योगिकीकरण र आर्थिक वृद्धि ,उज्यालो पालिका बनाउने एमालेले कार्यक्रम रहेको छ । मौलिक कला र संस्कृति ,पर्यटनबाट समृद्धि ,सवल राष्ट्रका लागि , स्वच्छ र श्रृजनात्मक युवा ,खुशी जेष्ठ नागरिक वालवालिका ,अपाङ्गमैत्री नगर ,समानता तर्पmको महिला यात्रा ,विपद व्यवस्थापन र जलवायु अनुकुलन , लगायतका विषयलाई पनि एमालेले प्राथमिकतमा राखेको छ ।१७ शिर्षकका विभिन्न वुँदाहरु सार्वजनिक गर्दै एमालेले विविधमा एकल पुरुषलाई भत्ताको व्यवस्था , भ्रष्टाचारमा शुन्य सहनशिलता , शुसासन , युवाहरुलाई रोजगारीलाई प्राथमिकतामा राखेको एमालेले जनाएको छ ।