images
images

उदयपुरमा गठबन्धनसँग कुरा नमिलेपछी एक्लै चुनावि मैदानमा उत्रिएको जसपा चुनावि अभियानमा व्यस्त

त्रियुगामा घरदैलो अभियानमा व्यस्त जसपाका उमेद्वार तथा कार्यकर्ताहरु । फोटो सौजन्य /राहुल यादब

-ऋषि राई
२१ , बैशाख ,बुधबार , २०७९

कटारी / पटकपटक गठबन्धनदलहरुसँग छलफल गर्दा पनि कुरा नमिलेपछी उदयपुरमा जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावि मैदानमा होमिएको छ । जसपाले ८ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा प्रमुख उपप्रमुख सहित चुनावि मैदानमा होमिएको हो भने अन्य ५ स्थानीय तहमा बलियो पकड रहेको वडाहरुमा उमेद्वार उठाएको छ ।
जिल्लाको ताप्ली गाउँपालिका , त्रियुगा नगरपालिका र वेलका नगरपालिकामा जसपाले प्रमुख उपप्रमुख सहित चुनावि मैदानमा उत्रिएको हो भने अन्यमा वडाअध्यक्ष सहितको समूह चुनावि मैदानमा उत्रिएको छ । ‘गठबन्धन भन्ने अनि भाग दिनै नमान्ने भएपछी एक्लै चुनावि मैदानमा उत्रिएका हौं ।’जसपा उदयपुरका अध्यक्ष केशव मगरले भन्नुभयो– ‘लेनदेनमा कनै ठाउँ नदिनेभएपछी गठबन्धनबाट बाहिरिएका हौं ।’
गठबन्धनभनेपछी एकआपसमा मिलेर जाने कुरा सम्भव नभएपछी गठबन्धन त्यागेको जसपा उदयपुरका नेताहरु बताउँछन् । जिल्लाको बेलका नगरप्रमुख उमेद्वार महेन्द्र राई , र ताप्ली गाउँपालिका प्रमुख उमेद्वार मानबहादुर गोलेको समूह बलियो उमेद्वारको रुपमा जसपाले हेरेको अध्यक्ष मगर बताउँछन् ।
बेलकामा उपप्रमुखमा दिपा गिरी र ताप्लीमा शुसिला लामिछाने मगर उमेद्वार रहेका छन् । त्रियुगामा जसपाले मेयरमा मन्जु राई र उपमेयरमा विनोद कुमार चौधरीलाई उमेद्वार बनाएको छ । त्रियुगामा पनि घरदैलो अभियान लगायतका पार्टीका सवै गतिविधिहरु जरी रहेको जसपाका केन्द्रिय सदस्य राहुल यादबले बताउनुभयो । ित्रयुगामा पनि जनताहरुको साथ बढ्दै गएको उहाँको भनाई छ ।चुनाव चिन्ह छाता रहेको जसपाले संघीयता , समावेशिता र पहिचान ,समाजवाद र समृद्धिका लागि छातामा मतदान भन्ने मुल नारा सहित मतदाताको घरदैलोमा पुगिरहेको पनि केन्द्रिय सदस्य यादबले बताउनुभयो ।
जिल्लामा ठुलो पार्टी भएको काँग्रेस , माओवादीको दम्भका कारण गठबन्धन हुन नसकेको केन्द्रिय सदस्य राईले बताउनुभयो । गठबन्धन नहुँदा जसपालाई झनै फाईदा भएको भन्दै राईले गठबन्धनको किचलो भन्दा एक्लै चुनावि मैदानमा होमिएको र पार्टीप्रति जनताको मूल्याकंन हुने भएकाले आगामी दिनमा संगठन सुद्धृढिकरणमा टेवा पुग्ने पनि राईले बताउनुभयो ।