images
images

कटारी, ५ को वडाध्यक्षमा एमालेका युवा उमेद्वार मोहन तामाङ्गलाई सवैको साथ जुट्दै

जन्ताभ्वाईस सम्बाददाता
२१ , बैशाख ,बुधबार , २०७९

कटारी /कटारी ५ को वडाध्यक्षका लागि एमालेबाट उमेद्वार बनेका युवा मोहन तामाङ्गलाई सवैको साथ जुट्दै गएको छ । २९ वर्षिय युवा उमेद्वार तामाङ्ग अहिले वडामा घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।
तामाङ्गलाई वडामा युवा र क्षमता भएको उमेद्वारको रुपमा हेरिएको वडावासीहरु वताउँछन् ।वर्तमान राजनीतिलाई नजिकबाट अध्ययन गरी भविष्यमा राष्ट्र हाँक्न सक्ने क्षमता भएको ,परिवर्तनका संवाहक ,स्पष्ट र शालिन वक्ता भएकाले पनि उनलाई धेरैले रुचाएका छन् ।
सामाजिक कार्यमा सकृय ,दुरदर्सी भिजन सहित चुनावि मैदानमा उत्रिएका तामाङ्ग शैक्षिक क्षेत्रलाई स्तरउन्नती गर्न सक्ने उमेद्वार भएको एमालेले जनाएको छ । घरदैलो अभियानमा समेत व्यापक समर्थन वढ्द्रैै गएकाले आफु जितको नजिक पुगेको तामाङ्ग बताउँछन् ।