images
images

२०७४को परिणाम यति थियो कटारीको मेयर र उपमेयरको मत

-ऋषि राई
१९ , बैशाख ,सोमबार , २०७९

कटारी /आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हाल उमेद्वारहरु घरदैलो अभियानमा व्यस्त छन् । यस्तो अवस्थामा गएको २०७४ को स्थानीय निर्वाचनको मत परिणामको समिक्षा गर्न पनि आवश्यक देखिन्छ ।
यसपटक कसको मत कतातिर जान्छ त्यो हेर्न बाँकी छ । गएको मत परिणामलाई हेर्ने हो भने कटारी नगर प्रमुखको विजयी उमेद्वार सूर्य चिन्हबाट ज्ञानेन्द्र श्रेष्ठले ६ हजार ९ सय ९ ल्याउँदा प्रतिष्पर्धि रुख चिन्हका ज्ञानेन्द्र सिंह राउतले ६ हजार ७ सय ३५ मत ल्याउनुभएको थियो ।राउतलाई श्रेष्ठले १ सय ७४ मतको अन्तरले पराजित गर्नुभएको थियो ।
त्यतिवेला हालका स्वतन्त्रका मेयरका उमेद्वार कृष्णप्रसाद बराल केपीेले हसिय हथौंडा चिन्हमा ५ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको थियो भने हातले समातेको मसाल संघिय समाजवादीका सुनिता सुनुवारले ३ सय ४८ ,राप्रपाका माला तामाङ्गले गाई चिन्हमा ७९ मत र मधेसी जनअधिकार फोरम नमस्कार गरेको हात पन्चबहादुर दनुवारले ५८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी कटारीको उपमेयर पदमा २०७४ को स्थानीय निर्वाचनमा भिमकुमारी राउतले सूर्य चिन्हबाट ७ हजार ५ सय १७ मतले विजयी हासिल गर्दा प्रतिष्पर्धि निर्मला न्यौपानेले रुखचिन्हबाट ५ हजार ८ सय ८७ मत प्राप्त गर्नुभएको थियो । उनीहरुको मतान्तर १६ सय ३० थियो ।
त्यसैगरी उपमेयरमा मिना पराजुली कोईरालाले हसिंया हथौडा चिन्हबाट ४ हजार ९ सय ६७ मत ल्याउँदा हातले समाजेतको मसाज संघिय समाजवादीका नारायण राईले ८ स ६३ राप्रपाका नरेन्द्रकुमार कार्कीले १ सय ४७ मत स्वतन्त्रका काजीवहादुर राउतले स्वतन्त्र भित्तेघडीबाट १२ मत प्राप्त गर्नुृभएको थियो ।