जन्ताभ्वाईस सम्बाददाता
१९ , बैशाख ,सोमबार , २०७९
कटारी /सरल सुलभ सेवा सुविधा सारालाई भोट हालौं खानेपानी धारालाई भन्ने नाराका साथ कटारी नगरपालिकाको प्रमुख पद मेयरमा स्वतन्त्र उमेद्वारी दिनुभएका भिमकुमारी राउत मतादाताका घरदैलौमा पुग्दै हुनुहुन्छ । गएको कार्यकाल एमालेबाट निर्वाचित भएर उपमेयरको जिम्मेवारी सम्हालेको अनुभव सहित मतदातालाई अझ सरल , सुलभ सेवा सुविधा पुराउने लक्ष्यका साथमा निर्वाचनमा होमिएको राउतले बताउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित भएर उपमेयरको कार्यकाल सम्पन्न गर्नुभएका राउतलाई एमालेले मेयरको उमेद्वारी नदिएपछी स्वतन्त्रबाट निर्वाृचनद्वारा जनताको घरदैलोमा पुग्नुभएको हो । ‘महिला भएकै कारण उपेक्षा गरियो ।’उहाँले भन्नुभयो –‘महिलाले पनि जिम्मेवारी लिएर नगर हाँक्न सक्छ भन्ने देखाउन निर्वाचनमा होमिएको हुँ ।’
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमालेले पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठलाई उमेद्वार बनाएको छ । गएको २०७४ को निर्वाचनमा राउतले प्रतिष्पर्धिलाई १७ .सय बढी मत सहित ७ हजार ५ सय १७ मत ल्याएर विजयी हुनुभएको थियो । त्यतिवेला तत्कालिन मेयरका उमेद्वार ज्ञानेन्द्र श्रेष्ठले ६ हजार ९ सय ९ मत ल्याएर जित हासिल गर्नुभएको थियो ।
पहिलो कार्यकालको अनुभवको आधारमा थप प्रभावकारी कार्य सम्पादन गर्ने राउतको प्रतिवद्धता छ । नगरले संञ्चालन गर्ने अधुरा योजनालाई पूर्णता दिन , निर्माण भएका कानुनहरुलाई विधायकीमनसाय अनुसार कार्यन्वयन गरी समृद्ध कटारी निर्माण गर्न , सवै वर्ण जातजाति , भाषाभाषी तथा आमनागरिकको सहभागिता सहित कटारीको विकास र समृद्धिको यात्रामा अघि बढ्न धारामा मतदान गर्न राउतले आग्रह गनुृभयो ।
त्यसैगरी महिला शसक्तीकरण साथै लैंगिक र सामाजिक समावेशीकरणमा स्थानीय शासन प्रवद्धृन गर्न , सवल स्थानीय सरकार निर्माण , संविधानले दिएको कानुनको पूर्ण कार्यान्वयन , युवा लक्षित कार्यक्रम मार्पmत युवाहरुलाई थप सवल र सक्षम बनाउन , विकास निर्माणमा महिला सहभागितालाई सुनिष्चित गर्न ,सामाजिक न्याय सहितको शासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन साथै स्वच्छ नगर सुलभ र स्वच्छ खानेपानीको व्यवस्था गर्न आफु मेयरमा उमेद्वारी दिएर निर्वाचनमा मतदाताको घरदैलोमा पुगिरहेको राउतले बताउनुभयो ।
राउत नेकपा एमालेको प्रदेश १ को सचिवालय सदस्य र अनेम संघको केन्द्रिय सदस्य हुनुहुन्थ्यो । २०७४ को निर्वाचनदेखि पार्टीले प्रमुख पद मेयरमा उमेद्वारी दिने जनाएपनि अन्तिम समयमा उमेद्वार नबनाएपछी राउत स्वतन्त्रबाट जनता समक्ष जानुभएको हो । लामो समय एमाले राजनीतिमा सकृय राउत कटारीका एमालेका पुराना नेताका रुपमा परिचित हुनुहुन्छ ।


जनता भ्वाइस 







