images
images

कटारी,३ मा जसपाको घरदैलो अभियान तिव्र ,युवा उमेद्वार शुरेन राईको समर्थक बढ्दै

जन्ताभ्वाईस सम्बाददाता
१९ , बैशाख ,सोमबार , २०७९

कटारी / कटारी , ३ मा जनता समाजवादी पार्टी (जसपा)ले घरदैलो अभियानलाई तिव्रता दिएको छ । वडाध्यक्षमा शुरेन राईको पक्षमा समर्थक बढ्दै गएको जसपाले जनाएको छ ।
वडाध्यक्षमा युवा उमेद्वारको रुपमा देखिएका शुरेन राईको पक्षमा युवाहरुको समर्थन बढ्दै गएको छ ।त्यसैगरी युवा लगायत सवै समूहका मतदाताले युवालाई वडाध्यक्षमा विजयी गराउन पहल गरिरहेका छन् ।
विशेष गरी भ्रष्टाचार अन्त्य र वडावासीको सेवक वनेर काम गर्ने प्रतिवद्धताका साथ मतदाताको घरदैलोमा पुगिरहेको वडाध्यक्ष उमेद्वार राईले बताउनुभयो ।‘यसभन्दा अघिका उमेद्वारहरले भ्रष्टाचार वाहेक केहि गर्न सकेनन् ।’राईले भन्नुभयो –‘नगरकै नमुना वडा बनाउने गरी जनताको काम गर्ने लक्ष्य लिएर चुनावि मैदानमा उभिएको छु । ’
जसपाले कटारीमा उपमेयरमा बुद्धिमान तामाङ्गलाई उमेद्वार बनाएको छ । निर्वाचनमा एक्लै मैदानमा उत्रेको जसपाको ३ नम्बर वडाको खुल्ला सदस्यमा शिवराम दास कथवनियन ,डबबहादुर परियार र महिला सदस्यमा परशुमाया राई उमेद्वार छन् ।
यसपटक ३ नम्बर वडामा नेतृत्व सम्हाल्ने रणनीतिका साथ कटारीमा सवै वल वडामा लगाईरहेको जसपाका युवा नेता यज्ञ राईले बताउनुभयो । वडाको च्याँगा , देविधाप , हडैयामा पार्टीले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
वडाको नेतृत्वका लागि काँग्रेस माओवादी गठबन्धनबाट पुष्कर खड्का र एमालेबाट विरु कायस्थलाई जसपाले प्रतिष्पर्धिको रुपमा लिएको छ । वडामा आप्mनो पार्टी बलियो रहेकाले जित निकाल्ने जसपाको अनुमान रहेको छ ।