जन्ताभ्वाइस सम्बाददाता
१८ बैशाख २०७९, आइतबार
कटारी / मेरो १६ वर्षको उमेरमा विवाह भयो । अहिले ४५ वर्षको भए । बल्ल बल्ल ब्याचलर सम्मको पढाई पुरा गरेँ । मैले छोरीहरु पढ्न कति गाह्रो छ भन्ने कुरा बुझेको छु । महिलाहरुले पढ्नु कति महत्वपुर्ण छ भन्ने कुरा पनि बुझेको छु । घरमा होस् वा सरकारी अड्डा वा बजार पसल नै किन नहोस् महिलाहरुका लागि, पछाडी पारिएका समुदायका लागि, सिमान्तकृत समुदायका लागि कहिल्यै सहज छै र भएन पनि । त्यो मैले भोगेको छु । नभए अहिलको स्थानीय तहको चुनाबमा हाम्रो कटारी नगरपालिकालाई हेर्नुस् न गठबन्धनका नाममा महिलाहरुलाई कसरी पाखा पारियो । महिलालाई राजनीतिको घेराबाटै बाहिर निकालियो । 
मेरो राजनीतिक इतिहास २०५६ सालबाट सुरु भएको हो । यो २३ वर्षको दौरानमा म अहिले नेकपा एमालेको जिल्ला कमिटि सदस्य छु । पार्टीका काम र सामाजिक काममा मैले मेरो पालिकाको कुना कुना पुगेको छु । कटारी नगरपालिका ठुलो क्षेत्रफल र भौगोलिक हिसाबले बिकटतामा छ । म त्यसलाई अलिकता भए पनि सहज बनाउन चाहान्छु । समुन्नत कटारी बनाउन चाहान्छु, समृद्ध कटारी बनाउन चाहन्छु । त्यसैले पनि यो पटक मैले उपमेयरको पदमा उमेद्वारी दिएको छु । मैले २५ वर्ष देखि गर्दै आएको सामाजिक कामलाई विस्तार गर्ने अबसर पाएको छु । जुन अबसरलाई निर्णायक अबसरका रुपमा परिवर्तन गर्ने भनेको तपाईँहरुको मतले नै हो । कटारी बासि दाजुभाई दिदीवहिनिहरुको मतले नै हो । तपाईँहरुले दिएको मतले नै मैले जस्तो पढाई रोक्दै, फेरि पढ्दै गर्नु पर्ने वातावरण, मैले सन्तान जन्माउँदा गाउँमै प्रसुति केन्द्र नहुँदा पाएको दुःख, पखाला लाग्दा औषधी किन्न बजार झर्नु पर्ने अबस्था न आओस् भन्नका लागि, समृद्ध कटारी, सुखी नागरिक बनाउनका लागि पनि मेरो उमेद्वारी हो । मलाई विश्वास छ यो चुनाबी अभियानमा गठबन्धनका दलहरुले जसरी महिलालाई पाखा लगाए, महिलाहरुलाई नेतृत्वबाट हाम्रो कटारीमा हराउने काम गरे, तिनिहरुका लागि जबाफ दिनै भए पनि तपाईँहरुले मलाई मत दिनु हुने छ । र मैले कटारीको थोरै भएपनि मुहार फेर्न सक्ने छु ।


जनता भ्वाइस 







