images
images

गठवन्धन किचलोमा,एमाले कटारी जनताको घरदैलोमा

२०७९ बैशाख १६,

गठवन्धन उमेदवारी वाँडफाँडको किचलोमा फसिरहेका वेला नेकपा एमाले कटारीले भने प्रचार अभियानलाई तिव्रता दिएको छ । नेकपा एमाले कटारीले मेयरपदका उमेदवार ज्ञानेन्द्र श्रेष्ठ,उपमेयर पदकी उमेदवार गीता खड्का र वडाका उमेदवार सहित घरदैलो अभियान गरिरहेको छ । आज वडा नम्वर ५को सम्पर्क कार्यालय उद्धघाटनका साथै जनता संग भेटघाट भएको छ । सम्पर्क कार्यालय उद्धघाटन कार्याक्रममा बोल्दै मेयर पदका उमेदवार ज्ञानेन्द्र श्रेष्ठले कटारीमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने वताउनुभयो ।
यसै गरी समृद्धि र शुशासन को संवाहक एमाले भएको र हरेक परिवर्तन एमालेको सरकारमा मात्र संभव भएको उपमेयर पदका उमेद्धार गीता खड्काले बताउनु भयो । यसै गरी हिजो कटारीको वडा नम्बर ४मा भएको एक कार्यक्रमा नेपाली कांग्रेसका तीन जना क्रियासिल सदस्यले पार्टि परित्याग गरी एमालेमा प्रबेश गरेको कटारी नगर कमिटीका अध्यक्ष संजीव कार्कीले बताउनु भयो । उहाँका अनुसार गाँउ गाँउमा उत्साह र जागरणका साथ जनता चुनावको पर्खाईमा छन । नेकपा एमाले प्रतिको आशा र भरोसा झनै वढदै गएको कार्कीले जानकारी दिनुभयो ।