images
images

कटारीमा गठबन्धनको प्रचार प्रसारका लागि ५ सय १ जनाको प्रचार प्रसार समिति गठन

जन्ताभ्वाईस सम्बाददाता
१५ , बैशाख ,विहिबार , २०७९

कटारी /कटारीमा काँग्रेस माओवादी गठबन्धनको प्रचार प्रसारका लागि ५ सय १ जनाको प्रचार प्रसार मुल समिति गठन गरिएको छ । आज दुईदलको संयुक्त भेलाले गठबन्धनको उमेद्वारहरुलाई विजयी गराउन समिति गठन गरेको हो ।
समितिको संयोजकमा नेपाली काँग्रेस कटारी नगर कमिटीका सभापति प्रकाश थापा रहनुभएको छ भने सह संयोजकमा माओवादी केन्द्रका कटारी नगर अध्यक्ष मणिराज दाहाल रहनुभएको छ । समितिले गठबन्धनका उमेद्वारहरुलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिने जनाएको छ ।
गठबन्धनबाट कटारी नगर प्रमुख मेयर पदका लागि काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयरका लागि माओवादी केन्द्रबाट विनोद कटुवाल दिवश उमेद्वार हुनुहुन्छ । समिति गठनसँगै नगरभरका मतदाता समक्ष घरदैलो लगायतका कार्यक्रमहरुलाई लिएर जाने गठबन्धनले जनाएको छ ।