जन्ताभ्वाईस सम्बाददाता
१४ , बैशाख ,बुधबार , २०७९
कटारी / काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट कटारी ४ को वडाध्यक्षमा माओवादी केन्द्रबाट वडाध्यक्षका लागि तयार रहेका ज्ञानबहादुर थापाले अन्नत स्वतन्त्रबाट उमेद्वारी मनोनयन दर्ता गराउनुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रकै मुना कटुवालले वडाध्यक्षको टिकट पाउनुभएपछी थापाले स्वतन्त्रमा वागी उमेद्वारी दिनुभएको हो ।
वडावासीहरुले विजयी गराउनका लागि वडाध्यक्षको उमेद्वार बनाउने बताएपनि अन्तिम समयमा टिकट नदिएपछी उहाँले स्वतन्त्रमा उमेद्वारी दिनुभएको बताउनुभयो । सबै वडावासीहरुले वडाको विकास र समृद्धिका लागि वडाध्यक्षमा उमेद्वार बन्न आग्रह गरेपछी उमेद्वारी दिएको बताउनुभयो ।
उमेद्वारी दर्तापछी वडाका मतदाताहरुसँग घरदैलो अभियानमा रहेका थापाले वडाको विकास र समृद्धिका लागि जनताको सेवा गर्ने उद्येश्यले उमेदवारी दिएको बताउनुभयो । वडाको विकास र समाजसेवामा यसअघिदेखि नै कृयाशिल रहेको बताउँदै उहाँले सवैको साथ सहयोगले नै वडामा विजयी गराई वडाको विकासमा लागि पर्ने बताउनुभयो ।सवैको साथले विजयी हुने विश्वास रहेको पनि थापाले बताउनुभयो ।


जनता भ्वाइस 







