जन्ताभ्वाईस सम्बाददाता
१४ , बैशाख ,बुधबार , २०७९
कटारी / मैले २०५४ सालबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेको हुँ । विद्यार्थी राजनीति हुँदै युवा संघ र अहिले मुलधारको राजनीतिमा छु । मेरो राजनीतिक जगको आधार भनेकै नारद शिक्षा क्याम्पस बसाह हो । जहाँ बाट मैले स्ववियु सभापतिमा जित हाँसिल गरेको थिएँ । विद्यार्थी राजनीति, युवा संघको राजनीति हुँदै म अहिले नेकपा एमालेको जिल्ला कमिटि सचिब छु । पार्टीलाई अफ्ठ्यारोमा परेको बेला, पार्टी संकटमा परेको बेला जील्लाको एमाले राजनीतिलाई थामेर पुरानै लयमा र्फकाउन मैले सक्दो सहयोग गरेको छु । अब म मेरो पालिकालाई संकटमा परेको बेला, चौदण्डिगढी नगरपालिकाका नागरिक बिकासको लागि छट्पटाएको बेला, रोजगारी र आत्मनिर्भर हुने सपना बुनिरहेको बेला त्यो सपना पुरा गर्न म मेयरको उमेद्वारी दिएको छु ।
सामान्य किसान परिवारमा जन्मिएकै कारण मैले किसानले कृषि पेशामा नपाएको आत्मसम्मानलाई बुझेको छु, बिकासका काममा अगाडि बढ्दै गर्दा हजारौँ अफ्ठ्याराहरु मैले भोगेको छु । म अहिले ४४ वर्षको भए । मैले मेरो चौदण्डिगढीको कुनै त्यस्तो गाउँ छैन जहाँ म सयाँैपटक नपुगेको हुँ । कुनै त्यस्तो ठाउँ छैन जहाँ मैले चौदण्डिलाई समृद्ध चौदण्डि बनाउन सपना नदेखेको हुँ । मलाई मेरो पालिका समृद्ध र आत्मनिर्भर पालिका बनाउन मन छ । समुदायको पीँधमा रहेको समुदायलाई उत्थान गराउन मन छ । युवाहरुका लागि रोजगार सृजना हुने साझा सुर्य बनाउन मन छ ।
जुन म हिजो साधारण नागरिकको हैसियतमा, पार्टिको जिम्मेवार व्यक्तिको हैसियतमा कुसलता पुर्वक सम्पन्न गरेको छु । अब एक पटक म पालिकालाई सुन्दर र समृद्ध पालिका बनाउन तपाईँहरु सामु आई पुगेको छु । मलाई विश्वास छ “चौदण्डीलाई सुन्दर, समृद्ध र आत्मनिर्भर बनाउनका लागि यस पटक तपाईँहरुले मलाई २ हजार बढि मतको अन्तरले बिजयी गराउनु हुनेछ ।”


जनता भ्वाइस 







