images
images

चौदण्डीगढकी नगरपालिकाको उपमेयरमा भोट किन ? मणिका देवी दुलाल ः उपप्रमुखको दाबेदार, नेकपा एमाले, चौदण्डिगढी नगरपालिका

जन्ताभ्वाईस सम्बाददाता
१४ , बैशाख ,बुधबार , २०७९
कटारी /मैले जिन्दगीको ४० वर्ष राजनीति गरेर बिताएको छु । गाउँ र समाजका लागि कहिले कुनै पदमा रहेर त कहिले बिना पद नै जनताका लागि भनेर समर्पित गरेको छु । मैले २१ वर्षको उमेर देखि अर्थात २०३६ साल देखि राजनीतिक परिवर्तनका लागि लडेको छु । २०५४ सालको निर्बाचनमा मैले मनोनित वर्डा अध्यक्षको रुपमा काम गरेँ । त्यतिबेला म एक्लि महिला वडा अध्यक्ष थिएँ । ५ वर्षे कार्यकाल सकियो भनेर मैले वडा अध्यक्ष भएपछि आफ्नो राजनीतिक यात्रामा पुर्णविराम लगाईन ।
विभिन्न संघसंस्थामा आवद्ध भएर नागरिकको घर दैलोमा पुगेर नागरिकको जीवनलाई सहज बनाउन, सहयोग पु¥याउन लागि परेको छु । ढिलै भए पनि पार्टीले मेरो योगदानको सम्मान गरेको छ । मैले गरेको योगदानको साक्षी भनेका मेरा नागरिक हुन् । मेरा जनता हुन । मलाई विश्वास छ, उहाँहरुले मलाई धेरै मत दिएर यसपटक चौदण्डिगढी नगरपालिकामा उपप्रमुखको रुपमा विजयी गराउनु हुनेछ । म उहाँहरुसँगै मिलेर मेरो नगरलाई सुन्दर नगर बनाउने सपना देखि रहेको छु । महिलाहरुको संघर्षलाई व्यवस्थापन गर्न, चौदण्डिगढीका नागरिकको दुःखलाई सुःखमा परिणत गर्न, संभावनाहरुका विचमा गढीलाई समृद्ध बनाउन म नेकपा एमालेको बलियो दाबेदारको रुपमा छु ।
मैले पर्खिन जानेको छु, म सँग धैर्यता छ । त्यहि पर्खिने क्रममा म चौदण्डिगढीका कुना काप्चा पुगेर यहाँका नागरिकसँग भेट गरेको छु । त्यहि भेट अब भोटमा बद्ल्दिनु हुनेछ भन्ने मलाई विश्वास छ । त्यहि मत मेरोलागि विजयको रथ हुने छ । अनि चौदाण्डिगढीको बिकासको आधार हुने छ ।