images
images

एकिकृत समाजवादी र केपी बरालवीच तालमेल

जन्ताभ्वाईस सम्बाददाता
१३ , बैशाख ,मंगलबार , २०७९

कटारी /आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्रमा कटारी नगरपालिकाको मेयरमा उमेद्वारी दिनुभएको केपी बराललाई माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले सघाउने भएको छ । बराललाई माओवादी केन्द्रले टिकट नदिएपछी स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनुभएको थियो ।
आज उदयपुर उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन गर्दै सो गठबन्धन कम्युनिष्टहरुको वाम गठबन्धन भएको समाजवादीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । सम्मेलनमा वोल्दै बरालले माओवादी केन्द्रमै रहेको र आफु स्वतन्त्रबाट मेयरमा उठेको बताउनुभयो ।
माओवादी केन्द्रको वडातहदेखि आफुलाई मेयरका लागि सिफारिस गरेको र प्रचण्डसम्मले टिकट दिने प्रतिवद्धता जनाएको स्मरण गराउनुभयो । अन्तत माओवादी केन्द्रका शुरेस राई हिमाल र विनोद कटुवाल दिवश दुईजनाले काँग्रेससँग मिलेर गठबन्धन गरेको उहाँले आरोप लगाउनुभयो ।
गठबन्धन भएपनि वडातहमा आ आप्mनै उमेद्वारी सार्वजनिक गरिनु र स्वतन्त्रबाट समेत उमेद्वारीहरु आउनुले सो गठबन्धन कार्यान्वयनमा नआएको पनि बरालको भनाई थियो । जनताको काममा कृयाशिल रहेको बताउँदै बरालले कटारीलाई एउटा नमुना नगर बनाउन र सवैसँग सहकार्य गरेर अघि बढ्न आफुलाई भोट दिन अपिल गर्नुभयो ।
त्यसैगरी समाजवादीबाट उपमेयरमा हृदय थिङ्गले उमेद्वारी दिनुभएको छ । उहाँले पनि कटारी नगरपालिका नगरबाट विकसित नभई झनै गाविसजस्तो बन्दै गएको बताउनुभयो ।कार्यक्रममा समाजवादीका प्रवक्ता तथा उपसचिव जगन्नाथ खतिवडाले कटारी नगरको भ्रष्टाचार अन्त्यका लागि वाम गठबन्धनका उमेद्वारलाई भोट दिन आग्रह गर्नुभयो ।
केहि दिनमा घोषणा पत्र सार्वजनिक गर्ने बताउँदै खतिवडाले जटिल रोगको बाहेक निशुल्क उपचार , प्रत्येक घरमा खानेपानी ५ हजार लिटर निशुल्क , ३ सय युनिट विजुली निशुल्क , सरकारी विद्यालयलाई गुणस्तरीय बनाउने योजना रहेकाले उमेद्वारहरुलाई विजय गराउन आग्रह गर्नुभयो ।
समाजवादीबाट मेयरमा उमेद्वारी दिनुभएकी समाजवादीका काठमाडौं उदयपुर सम्पर्क मञ्चका अध्यष ईन्दिरा पाखेरेलले उमेद्वारी फिर्ता लिने र केपी बराललाई समर्थन गर्ने बताउनुभयो । खतिवडाले माओवादी केन्द्रका शुरेस राईलाइ ईकिंत गर्दै विगतमा अन्यत्रबाट ल्याईएका उमेद्वारलाई जिताएर गलत गरेको र सोही गलतका कारण बरालले टिकट नपाएको बताउनुभयो । बरालले समेत राईलाई जिताउन आफुले आफुलाई राई ठानेर भोट दिन आग्रह गरेको स्मरण गर्दै हाल पार्टीमा दिएको योगदान र जनताको भावना नबुझेको बताउनुभयो ।