images
images

कटारीको भ्रष्टाचार अन्त्य गर्न कलममा भोट दिन एकिकृत समाजवादीका नेता जगनाथ खतिवडाको आग्रह

-ऋषि राई
१२ , बैशाख ,सोमबार , २०७९
कटारी /आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आज उमेद्वारी मनोनयन दर्ता भएसँगै कटारीमा चुनावी चर्चा चुलिंदै गएको छ । आज कृयाशिलल पार्टीहरुले वडा तहदेखि नगर तहसम्मको पदहरुमा मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका लागि नेकपा एकिकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा कलम चिन्हका उमेद्वारहरुको मनोनयन दर्ता गराउन स्थानीय निर्वाचन अधिकृतको कार्यालय कटारी पुग्नुभएको थियो । मनोनयन दर्ता गराउन आईपुगेको पार्टीको नेतृत्वलाई सम्बोधन गर्दै बाम गठबन्धन भएकाले कटारीको मेयरमा वाम नेता केपी बराललाई मत दिन खतिवडाले आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका नेता बराललाई माओवादी र काँग्रेसको गठबन्धनले उमेद्वार नबनाएपछी बरालले स्वतन्त्रमा मेयरमा उमेद्वारी दर्ता गराउनुभएको छ ।बराल गएको निर्वाचनमा माओवादी केन्द्रबाट कटारीमा मेयरमा पराजित हुनुभएको थियो । नेता खतिवडाले भने नेता बराललाई पार्टीले जालझेल गरी उमेद्वार नबनाएपनि समाजवादीसँग गठबन्धन भएको दावी गर्नुभयो ।
उहाँले उपमेयरमा हृदय तामाङ्गलाई भोट दिन आग्रह गर्नुभयो । अव कटारी नगरपालिकाको भविष्य कलम चिन्ह अर्थात समाजवादीले लेख्ने खतिवडाको भनाई थियो ।‘कटारीमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न कलमलाई भोट दिनुहोला ।’उहाँले भन्नुभयो –‘अव सूर्यमा ग्रहण लाग्दै गएको छ ।’
कटारीमा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट मेयरमा राजेशचन्द्र श्रेष्ठ र उपमेयरमा दिवश कटुवालले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट मेयरमा ज्ञानेन्द्र श्रेष्ठ र उपमेयरमा गिता खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।