images
images

स्थानीय निर्वाचन – उदयपुर एमालेका उमेदवार सामाजिक अभियानमा अव्वल

जन्ताभ्वाईस सम्बाददाता
१२ , बैशाख ,सोमबार , २०७९
कटारी/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले उदयपुरले सानदार ढंगले उमेदवारी दर्ता गराएको छ । एमालेले जिल्लाका आठ वटै स्थानीय तहमा नाराजुलुस सहित शक्तिप्रर्दशन गर्दै उमेदवारी दर्ता गराएका हो ।
निकै तामझाम र ठुलो जनसंख्यामा निस्किएको जुलुसले बजार परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा गई प्रमुखदेखि वडा सदस्यसम्मको उमेदवारी दर्ता गराएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो ।
एमाले सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकाको मेयरमा चर्चित युवा, सामाजिक अभियन्ता भागवत राउत र उपमेयरमा सामाजिक अभियानकी नेतृ महेश्वरी राईलाई उमेदवार बनाएको छ । दुबै हेवी वइटका उमेदवार हुन् । जिल्लाका प्रखर र भिजनकारकोरुपमा दर्ज भएका राउत पुर्व वडाध्यक्ष पनि हुन् । उनीसँग जनप्रतिनिधिको पाँच बर्षको अनुभव पनि छ ।
राउत पार्टीको प्रदेश कमिटी सदस्य र राई जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । दुबै जिल्लामा सामाजिक अभियानका हस्ति मानिन्छन् । राउतको नेतृत्वमा जिल्लामै मदन भण्डारी आँखा अस्पताल, मनमोहन आधारभूत बिद्यालय सञ्चालन लगायतका थुप्रै सामाजिक कार्य र विकास निर्माणका काम भएकाछन् ।
उपमेयर राई लामो समयदेखि सकृय सामाजिक अभियान, बालबालिकाको शिक्षा क्षेत्रमा जोडिएर काम गर्दै आउनु भएको छ । बिद्यार्थी राजनीतिबाट उदायकी राईसँग त्रियुगा जनता वहुमुखि क्याम्पसको स्ववियु कोषाध्यक्ष, गैरसरकारी संस्था महासंघको पहिलो महिला अध्यक्ष हुँदै प्रदेश र केन्द्रीय सचिवको अनुभव छ ।
त्यस्तै बेलका नगरपालिकामा हालका मेयर दुर्गाकुमार थापा (स्वस्ति)ले मेयर र उपमेयरमा जिरा राईले उमेदवारी दर्ता गराउनु भएको छ । थापा पार्टीको प्रदेश कमिटी सदस्य हुन् । दुबै सामाजिक अभियानमा उत्तिकै कृयाशिल छन् । राम्रो भिजन बनाउन सक्ने थापाले पाँच बर्षमा प्रदेश १ कै उत्कृष्ट स्थानीय तह बनाई सम्मानित भएका हुन् ।
रामपुर ठोक्सिला गाबिसको अध्यक्षको जिम्वेवारीसमेत वहन गरिसकेका थापासँग त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडाको स्ववियु सभापति र गैरसरकारी संस्था महासंघको जिल्ला हुँदै केन्द्रको कोषाध्यक्षसम्मको अनुभव छ ।
जिल्लाको सबैभन्दा कान्छो नगरपालिका भनेर चिनिने बेलका विकासका हिसावले सबैभन्दा जेठो र अव्वलको रुपमा परिचित छ । त्यस्तै चौदण्डीगढीमा मेयरमा कालूमान लामा र उपमेयरमा मनिकादेवी दुलालले उमेदवारी दर्ता गराउनु भएको छ
लामा पार्टीको जिल्ला कमिटी सचिव हुन् भने दुलाल जिल्ला सदस्य हुन् । बिद्यार्थी र युवा क्षेत्रको राजनीति यात्रा सम्हाली सकेका लामा प्रष्ट वक्ता हुन् । बसाहा क्याम्पसको स्ववियु सभापतिको अनुभवसमेत बटुलिसकेका लामा त्यस क्षेत्रका निकै लोकपृय नेता मानिन्छन् ।
यता कटारी नगरपालिकामा पुरानै मेयर ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा दोहोर्याएको छ भने उपमेयरमा गिता खड्काले उमेदवारी दर्ता गराउनु भएको छ । श्रेष्ठ पार्टीको जिल्ला उपाध्यक्ष हुन् भने खड्का सदस्य हुन् । विकास निर्माणमा अब्बल नगरपालिका बनाउन सफल श्रेष्ठ जिल्लाकै लोकपृय नेता मानिनु हुन्छ ।
यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारी ज्यू ठकुरीले दर्ता गराउनु भएको छ । थापा लामो समयदेखि शिक्षण सेवामा हुनुहुन्थ्यो । उहाँ पार्टी भित्रको इमान्दार र लगनशिल नेताकोरुपमा चिनिनु हुन्छ । त्यसैगरी ठकुरी सामाजिक अभियानमा क्रियाशिल हुनुहुन्छ ।
पाँच बर्षे कार्यकालमा अधुरा कामलाई निरन्तरता दिँदै समृद्धी पालिका बनाउने अभियानमा अवको भुमिका रहने उहाँले बताउनु भएको छ । रसुवा माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको पहिलो महिलाको जिम्वेवारी सम्हाली सक्नु भएका ठकुरी राजनीतिक इमान्दार व्यक्तिकोरुपमा परिचित हुनुहन्छ । थापा पार्टीका उपसचिब हुन भने ठकुरी जिल्ला सदस्य हुन् ।
उदयपुरगढी गाउँपालिकामा पुराना, इमान्दार नेता अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरले दर्ता गराउनु भएको छ । खत्री लामो समयदेखि माध्यमिक बिद्यालय जगरेटारको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिकामा हुनुहुन्छ । उहाँसँग शिक्षण क्षेत्र सुधार योजना बनाउन सक्ने क्षमता रहेको छ ।
ताप्ली गाउँपालिकामा बाबुराम राई र उपाध्यक्षमा मनकुमारी थापाले दर्ता गराउनु भएको छ । राइ सामाजिक अभियान र थापा लामो समयदेखि हुलाक सेवामा आवद्ध हुनुहुन्थ्यो । दुबै जना जिल्ला कमिटी सदस्य हुन् ।
यस्तै लिम्चुङबुङ गाउँपालिकामा सामाजिक अभियन्ता राजकुमार राई अध्यक्ष र उपाध्यक्षमा देवकुमारी कार्कीले दर्ता गराउनु भएको छ । राई पार्टीको गाउँपालिका कमिटी सचिब र कार्की सदस्य हुन् । उहाँ लामो समयदेखि सामाजिक अभियानमा क्रियाशिल हुनुहुन्छ । युवा नेतृत्व भएकाले पनि उहाँसँग युवा जमातको लर्को छ । राम्रो भिजन बनाउन सक्नेकोरुपमा राई परिचित हुनुहुन्छ ।