images
images

कटारीमा मेयरमा ४ , उपमेयरमा १ सहित ९ जनाको मनोनयन दर्ता

जन्ताभ्वाईस सम्बाददाता
११ , बैशाख ,आईतबार , २०७९

कटारी/आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा पनि उमेद्वारहरुले मनोनयन दर्ता सुरु गरेका छन् । आज र भोलि निर्वाचन अधिकृतको कार्यालय कटारीमा मनोनयन दर्ता गर्न सकिनेछ ।
आज यो समाचार तयार पार्दा सम्ममा सवैभन्दा पहिला नेपाल मजदुर किसान पार्टीबाट चन्द्रबहादुर कार्कीले कटारीको मेयर पदमा मनोनयन गर्दा गराउनुभएको छ । त्यसैगरी मजदुर किसान पार्टीबाटै धनमाया सुनुवारले उपमेयरमा मनोनयन दर्ता गराउनुभएको छ ।
त्यसैगरी सो पार्टीबाटै वडा नम्बर ४ को वडाध्यक्षमा विष्णु दनुवार , ९ को वडाध्यक्षमा दलबहादुर बुढाथोकी ९ कै महिला सदस्यमा फुलकुमारी परियार ८ को महिला सदस्यमा लोकमाया कामीले मनोनयन गर्दा गराएको छन् ।
त्यसैगरी मेयर तर्पm बालकृष्ण थापा , केदार राना मगर र भिमकुमारी राउतले स्वतन्त्रमा मनोनयन दर्ता गराएका छन् ।