जन्ताभ्वाईस सम्बाददाता
११ , बैशाख ,आईतबार , २०७९
कटारी / कटारी नगरपालिकाको मेयर पदका लागि युवा उमेद्वार वालकृष्ण थापाले मनोनयन दर्ता गराएका छन् । र्याली सहित कटारी बजार परिक्रमा गर्दै नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालय कटारी पुगेको टोलीले मनोनयन दर्ता गराएको हो ।
भूमि अधिकार मञ्च कटारीका अध्यक्ष समेत रहेका थापाले सुकुम्बासी , अव्यवस्थित वसोवास , वर्गिय मुक्ति , र समुन्नत नगर विकासको माग सार्दै मनोनयन दर्ता गराउनुभएको थियो । पञ्चोवाजा , र्याली सहित थापाको टोली नगरपालिका पुगेको थियो ।


जनता भ्वाइस 







