-ऋषि राई
११ , बैशाख ,आईतबार , २०७९
कटारी / कटारी नगरपालिकाको मेयरका लागि पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठको उमेद्वारी पक्का भएको छ । एमाले उदयपुरका अनुसार मेयरमा श्रेष्ठ र उपमेयरमा एमाले नेतृ गिता खड्काको उमेद्वारी पक्का भएको हो ।
एमाले उदयपुरले उमेद्वारको नाम टुंगो लगाएसँगै कटारीमा मेयरमा श्रेष्ठको उमेदवारी दोहोरिंदा उपमेयरमा भने नेतृ खड्काको उमेद्वारी तय भएको हो । एमालेले कटारीमा भोलि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने तयारी गरिरहेको छ ।


जनता भ्वाइस 







