-ऋषि राई
११ , बैशाख ,आईतबार , २०७९
कटारी / कटारी नगरपालिकाको मेयर पदका लागि आज भिमकुमारी राउतले स्वतन्त्रबाट उमेद्वारी मनोनयन दर्ता गर्नुभएको छ । नेकपा एमालेका नेतृ निर्वतमान कटारीका उपमेयर राउतले पार्टीले उपेक्षा गरेको भन्दै जनतासम्म जानका लागि स्वतन्त्र उमेद्वारी दिएको बताउनुभयो ।
आज निर्वाचन अधिकृतको कार्यालय कटारीमा मनोनयन दर्ता गरिसकेपछी प्रतिकृया दिंदै राउतले २०७४ को निर्वाचनमा पनि आफु मेयरको दावेदार उमेद्वार रहँदा रहँदै पनि आगामी निर्वाचनमा मेयरमा उमेद्वारी दिने भन्दै पार्टीले दिएको उपमेयरमा निर्वाचित भएको बताउनुभयो । यसपटक एमालेले कटारीमा पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठलाई दोहोर्याउने र उपमेयरमा एमाले नेतृ गिता खड्कालाई उमेद्वार बनाउने टुंगो लगाएपछी मेयरका दावेदार राउतले स्वतन्त्रमा उमेद्वारी दिनुभएको हो ।
राउतले जनताको माझमा जाने बाटो खुलेको बताउँदै पार्टीले महिला भएकै कारण उपेक्षा गरेको बताउनुभयो ।‘पार्टीले नगरप्रमुखको उमेद्वारी दिन्छ भन्ने विश्वासका साथमा काम गरेको थिएँ ।’उहाँले भन्नुभयो –‘महिलाले चुनाव लड्न सक्दैन भन्दै पार्टीले उपेक्षा गर्यो ।’
जनताको साझा उमेद्वार भएको जनताको चाहाना पुरा गर्ने प्रतिवद्धता समेत राउतले जनाउनुभयो ।‘महिलाले राम्रा र जनसेवकको काम गर्दा पनि पार्टीले चिनेन त्यसकारण पनि म विद्रोह गर्न बाध्य भएँ ।’ राउत नेकपा एमालेको प्रदेश नम्बर १ का सचिवालय सदस्य र अनेम संघको केन्द्रिय सदस्य समेत हुनुहुन्थ्यो ।


जनता भ्वाइस 







