जन्ताभ्वाईस सम्बाददाता
९, वैशाख , शुक्रबार , २०७९
कटारी /नेकपा एमालेले कटारीमा आसन्न स्थानीय निर्वाचनका लागि ५ सय ३५ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज कटारीमा एमालेको नगर कमिटीको सचिवालयको वैठकले कमिटी गठन गरेको हो ।
कमिटीको संयोजक भने उमेद्वारको नाम टुंगो लागेपछी तय गरिने नगर कमिटीका अध्यक्ष तथा प्रचार प्रसार समितिका संयोजक संञ्जिव कार्कीले बताउनुभयो । त्यसैगरी वैठकले अम्बर लामाको संयोजकत्वमा युवा परिचालन कमिटी शोभा कार्कीको संंयोजकत्वमा अनेम संघ कमिटी ,विष्णु मुरीको संयोजकत्वमा बुद्धिजिवी परिषद कमिटी समेत गठन गरेको छ ।
कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका उमेदवारहरुलाई विजयी गराउन भूमिका खेल्ने पनिएमाले नगर कमिटीका अध्यक्ष कार्कीले बताउनुभयो । उमेद्वा टुंगो लागेसँगै संयोजकको जिम्मेवारी दिएर निर्वाचनमा कमिटीहरु खटिने कार्कीको भनाई छ ।


जनता भ्वाइस 







