जन्ताभ्वाईस सम्बाददाता
८ , बैशाख ,बिहिबार , २०७९
कटारी /आगामी स्थानीय निर्वाचनका लागि कटारीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज स्थानीय तह निर्वाचन ऐन,२०७३ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम कार्यालय स्थापना गरिएको हो ।
कटारी नगरपालिका वडा नम्बर ३ को नगरपालिकाको सभाहलमा कार्यलयमा स्थापना गरिएको हो । कार्यालय स्थापना गरिएको सरोकारवाला निकाय तथा क्रियाशिल राजनैतिक दलहरुलाई जानकारी गराईएको निर्वाचन अधिकृत राजकुमार राउत हस्ताक्षरित सुचनाबाट जानकारी गराईएको छ ।


जनता भ्वाइस 







