images
images

कटारीमा २७ औं वन्यजन्तु सप्ताह मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
८ , बैशाख ,बिहिबार , २०७९

कटारी / कटारीमा पनि २७ औं वन्यजन्तु सप्ताह विविध कार्यक्रम गरी मनाईएको छ ।कटारी स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले सप्ताह मनाएका हुन् । वन क्याम्पस कटारीमा अध्यनरत विद्यार्थीहरुले वैशाख १ गते देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी सप्ताहा मनाएका थिए ।
विसं २०५३ देखि निरन्तर नयाँ वर्षको पहिलो सप्ताहसम्म वन्यजन्तु सप्ताह मनाउने गरिएको छ ।
‘मानव वन्यजन्तु सहअस्तित्व ः हाम्रो साझा दायित्व’ भन्ने नाराका साथ यस वर्षको सप्ताह मनाईएको हो । सप्ताह समापनका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यलय उदयपुर(त्रिवेणी) का डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्राकृतिक श्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले डिभिजन वन कार्यालय, पंछी संरक्षण सघ कटारी र हुइ फर वायोडाइभरसिटी कन्जरभेसन कटारीसँगको सहकार्यमा साताभर वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले कटारी नगरपालिका भित्र विभिन्न कार्यक्रम गरेका हुन ।
सप्ताहअन्तर्गत विद्यार्थीहरुले वैशाख १ गते वन क्याम्पस कटारीबाट भूगोल पार्क सम्म वन्यजन्तु संरक्षणसम्वन्धी नारा सहित र्याली कार्यक्रम, २ गते सडक नाटक र स्ट्रेट नाच, ३ गते वन्यजन्तु सम्बन्धि निबन्ध लेखन प्रतियोगिता त्यस्तै वैशाख ४ सामुदायिक वनहरुमा जनचेतनामुलक कार्यक्रमहरु, सप्ताहअन्तर्गत वैशाख ५ गते वन्यजन्तुको वासस्थान सम्बन्धि क्याम्पियन त्यस्तै ६ गते वन्यजन्तु सम्बन्धि चित्रकला प्रदर्शन र अन्तरकृया तथा ७ गते सुगाजोर सामुदायिक वनमा चरा अवलोकन तथा चेतनामूलक कार्यक्रम गरेका थिए ।
कार्यक्रममा उदयश्री बहुमुखीका प्रमुख मुकेश थापाले नयाँ वर्षको सुरुवातसँगै मनाइने वन्य जन्तु सप्ताहलाई वर्षभरी समुदायका मानिसहरुलाई सक्रिय रुपमा समावेश गराई विभिन्न कार्यक्रम गरी मनाउनुपर्ने धारणा राख्दै वन्यजन्तु संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रम वन क्याम्पसका विद्यार्थिहरुले वन्यजन्तु संरक्षणमा हामिसबैले हातेमालो गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा वन्यजन्तु सप्ताह कार्यक्रमका सम्योजक केदार पौडेलले सबैको साझा प्रयासबाट मात्र कार्यक्रम सम्पन्न भएको र वन्यजन्तुको संरक्षण सम्भव छ भनेर सप्ताह मनाइएको बताउनुभयो । कार्यक्रममा वन्यजन्तु विषयमा भएको निवन्ध र चित्रकला प्रतियोगितामा सफल हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै वन्यजन्तु संरक्षण सम्बन्धि सडक नाटक प्रस्तुत गर्ने विद्यार्थीहरुलाइ समेत कदरपत्र प्रदान गरिएको थियो ।