जन्ताभ्वाईस सम्बाददाता
८ , बैशाख ,बिहिबार , २०७९
कटारी/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा उदयपुरको आयोजना र कटारी उपशाखाको समन्वयमा आज कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको नगर स्तरीय समन्वय वैठक सम्पन्न भएको छ । उदयपुर उद्योग वाणिज्य संघको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष पुष्कर खड्काले रेडक्रसहरुको अन्र्तराष्ट्रिय महासंघको सहयोगमा छोटो अवधिको तीन महिने कार्यक्रम संञ्चालनको सुरुवात भएको बताउनुभयो । जसका लागि उदयपुरको ३ विद्यालय छनौटमा परेका थिए ।
जसमा कटारी ३ स्थित सरस्वती मावि हडैयामा कार्यक्रम संञ्चालन हुँदैछ । कार्यक्रम अन्र्तगत शिक्षा , मनोसामाजिक , जिविकोपार्जन तथा लैंगिक समावेशिताका क्षेत्रमा कार्यहरु गरिने कार्यक्रम अधिकृत सलिम खाँले बताउनुभयो ।
सन् २०२२ को अप्रिलदेखि जुनसम्म गरी ३ महिनाको अवधिमा संञ्चालन हुने उक्त परियोजना अन्र्तगत जिल्लामा ३४ लाख ६९ हजार ६ सय बजेट रहेको छ ।कार्यक्रम अन्र्तगत त्रियुगामा जनज्योति मावि चुहाडे , चौदण्डीगढीमा जनता मावि हडियामा कार्यक्रम संञ्चालनमा छ ।
कार्यक्रम अन्र्तगत कोभिडबाट प्रभावित अतिविपन्न परिवारहरुलाई विभिन्न किसिमका राहत , लगायत खानेपानी , शिक्षा , जिविकोपार्जन लगायतका कामहरु हुनेछन् । कार्यक्रममा कटारी नगरपालिकाका शिक्षा , स्वास्थ्य , महिलाशाखा , राजनीतिक दल तथा विद्यालय , व्यवस्थापन समिति लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


जनता भ्वाइस 







