images
images

कटारीमा एमालेबाट मेयरका लागि हालका उपमेयर भिमकुमारी राउतको दावी

जन्ताभ्वाईस सम्बाददाता
३ , बैशाख ,शनिबार , २०७९

कटारी/आगामी स्थानीय निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपा एमालेबाट हालका उपमेयर भिमकुमारी राउतले दाबी गर्नुभएको छ । उपमेयरको कार्यकाल सफल रुपमा सम्पन्न गरिसकेको बताउँदै उपमेयर राउतले आगामी निर्वाचनमा आफु मेयर पदका लागि उमेद्वार बन्न आकांक्षी रहेको बताउँदै दावी गर्नु भएको हो ।
नेकपा एमालेको नगर कमिटीले समेत उपमेयर राउत र मेयर ज्ञानेन्द्र श्रेठसँगै ६ जनाको नाम सिफारिस गरिसकेको छ । ‘म संग चुनाव जित्ने आधारहरु प्रशस्त छन् ।’उहाँले भन्नुभयो ‘दिनरात नभनि जनताको काममा लागि परेको छु यसैले पनि यसपटक प्रमुख पदमा मैले दावी गरेको हुँ ।’
लामो समय नेकपा एमालेको राजनीतिमा नेतृ भएर काम गर्नुभएका उपमेयर राउतले पार्टीले सही मूल्याकंन गर्दै आफुलाई मेयरको उमेद्वार बनाउने आशा गरेको बताउनुभयो । ‘यसपटक नगरको प्रमुख भएर अघि बढ्ने लक्ष्य लिएको छु ।’उहाँले भन्नुभयो –‘जनताको कामको लागि अहोरात्र खटिएको छु ।’
उपमेयरको कार्यकाल सफल भएको बताउँदै उहाँले अव मेयरका लागि यस पटक पहल गरिरहेकोले सवैलै मूल्याकंन गर्ने बताउनुभयो । सवै जनताको मन जितेको बताउँदै उहाँले उमेद्वारी पाए विजयी हुने दावी गर्नुभयो ।राउत हाल नेकपा एमालेको प्रदेश नम्बर १ का सचिवालय सदस्य र अनेम संघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।