जन्ताभ्वाईस सम्बाददाता
३ , बैशाख ,शनिबार , २०७८
कटारी/ कटारी नगरपालिकाको वडा नम्बर ३ मा आगामी निर्वाचनका लागि वडाध्यक्षमा युवा उमेद्वार शुरेन राईको युवाहरु माझमा चर्चा बढ्दो छ । कुनै बेला प्रदेश १ र २ का फुटबल खेलमा दौडिरहेका राई अहिले जनता समाजवादी पार्टी जसपाको तर्पmबाट वडाध्यक्ष उमेद्वारमा आकांक्षी तथा दावेदार हुनुहुन्छ ।
३३ वर्षिय कटारीमा व्याडमिन्टनमा उत्कृष्ट खेलाडी पनि हुनुहुन्छ । हाल जसपाबाट वडाध्यक्षको उमेद्वार बन्ने आकांक्षी देखिएपछी राईलाई युवाहरुको समर्थन बढ्दो छ । शनिबार मात्रै राईलाई पछ्याउँदै १ सय ८ जना युवाले अगुवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरे ।
सरल स्वाभावका राईको मूख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण तथा सेवक बन्ने रहेको छ ।‘अहिलेका जनप्रतिनिधिहरुले भ्रष्टाचार बाहेक के नै गरे भ्रष्टाचारको अन्त्य गर्न मैले प्रतिवद्धता जनाएको छु ’ शनिबार कार्यक्रममा उहाँले भन्नुभयो –‘म वडावासीहरुको शासक होईन सेवक बन्न चाहान्छु । ’
अहिले राईको समर्थनमा सिंगो कटारीका खेल क्षेत्रका युवाहरु लागि परेका छन् । उहाँको समर्थन र भ्रष्टाचारी अन्त्य गर्दै जनताको सेवक बन्ने प्रतिवद्धता पुरा हुन भने आगामी निर्वाचनको परिणाम सम्म कुर्नु पर्ने देखिन्छ ।
उहाँको चुनावी कमाण्डरमा अर्का युवा कटारीका डम्मरबहादुर राई हुनुहुन्छ । निर्वाचन परिचालन कमिटी वडा नम्बर ३ का राईको पनि भ्रष्टाचारी अन्त्य र युवालाई नेतृत्वमा ल्याउनु हो । शनिबारको कार्यक्रममा राईले भन्नुभयो ।‘युवाहरु रेमिट्यान्स भित्राउन मात्र लायक हुन् र ’उहाँले प्रश्न गर्नुभयो –‘यो कस्तो समय हो झुटको खेति गर्ने एमसिसी पास भएपछी डलर आउँछ भन्ने हल्ला पैmलाईयो अहिले त्यसपछी व्यवसायीहरुले वैंकबाट समेत ऋण पाउन छाडे ।’
राजनीति फोहोरी खेल बन्दै गएकाले युवाहरुको सही नेतृत्व आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । युवाहरुको आकर्षणका बीचमा खेलमा दौडिरहेका शुरेन राईको यस अघि युवाहरुको तर्पmबाट नगरका अध्यक्ष हुनुहुन्थ्यो हाल वडा नम्बर ३ का पार्टीका अध्यक्ष समेत हुनुहुन्छ ।


जनता भ्वाइस 







