images
images

जसपाको अगुवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
३ , बैशाख ,शनिबार , २०७८

कटारी/ जनता समाजवादी पार्टी (जसपा)को कटारी नगरपालिका वडा नम्बर ३ को समितिले आज अगुवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ३ को निर्वाचन परिचालन कमिटीका संयोजक डम्बर बहादुर राईको सभापतित्व र जसपाका राष्ट्रिय सभा सदस्य मोहम्मद खालिद सिद्धिकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धिकीले देशमा समानता र बराबरी अधिकारका लागि जसपा आवश्यक रहेको बताउनुभयो । काँग्रेसको राजनीतिबाट आफु राजनीतिमा आएपनि देशको समृद्धिका लागि र समानताका लागि जसपा आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा वोल्दै जसपाका केन्द्रिय सदस्य सिद्धान्त राईले देशमा अरिंगाल भएर भईन कर्मी माहुरी भएर देशलाई समृद्ध बनाउन आग्रह गर्नुभयो । त्यसैगरी केन्द्रिय सदस्य खुम्बराज खत्रीले अवको युग युवाको नेतृत्वले समृद्ध हुने बताउनुभयो ।
त्यसैगरी केन्द्रिय सदस्य राहुल यादवले समावेशीको अनुहार जसपामा मात्रै रहेको बताउनुभयो । त्यस्तै ट्रेय युनियन महासंघका केन्द्रिय सचिव यज्ञकुमार राईले भ्रष्टाचारको अन्त्य गर्न पार्टी लागि परेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्य हस्तशोभा राई , नेतृ फुलसरी राई लगायत नगर कमिटीका अध्यक्ष बुद्धिमान तामाङ्ग , वडा नम्बर ३ का अध्यक्षका आकांक्षी शुरेन राई लगायतले मन्तब्य राखेका थिए ।

एकसय ८ जनाले पार्टी प्रवेश गरे

कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय ८ जनाले जसपा प्रवेश गरेका थिए । वडा नम्बर ३ मा प्रभावशाली युवा निशान राईको नेतृत्वमा ५८ जनाले जसपा प्रवेश गर्दा अर्का युवा मदन सुनुवारको नेतृत्वमा ५० जनाले पार्टी प्रवेश गरे ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि सिद्धिकी लगायतले पार्टीमा स्वगत गरेका थिए । उनीहरुलाई पार्टीले सम्मानजनक स्थान दिने नेताहरुले बताए ।नेकपा एमालेका नगर कमिटी सदस्य निशान राईको नेतृत्वमा कटारीका मार्सलआर्टका खेलाडी चरि तामाङ्ग लगायतका युवाहरुले पार्टी प्रवेश गरेका थिए ।
राईले पार्टी प्रवेश पछी प्रतिवद्धता मन्तब्य राख्दै भ्रष्टाचारको अन्त्य र आगामी दिनमा समृद्धिका लागि जसपा आवश्यक रहेकोले प्रवेश गरेको बताउनुभयो । पुराना पार्टीमा अनुभव गर्दा भ्रष्टाचारी र झोले प्रवृत्तिको अन्त्य हुन नसकेकोले जसपा प्रवेश गरेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै सभापति डम्बर बहादुर राईले हालका जनप्रतिनिधिहरुले युवाहरुलाई रेमिट्यान्सको माध्यम मात्रै बनाएकाले अवको नेतृत्व युवाले गर्नका लागि जसपा आवश्यक रहेको बताउनुभयो ।