जन्ताभ्वाईस सम्बाददाता
१ , बैशाख ,बिहिबार , २०७८
कटारी/नयाँ वर्ष २०७९ को पहिलो पहिलो दिन अर्थात वैशाख १ गते कटारी नगरपालिका ३ मा रहेको च्याँगागाउँजाने सडकमा घुईचो लाग्यो । कटारी ३ स्थित ताराघारीदेखि च्याँगा जाने सडकखण्ड कालोपत्रे भएसँगै यो सडक भाईरल रोडले समेत परिचित हुँदै गएको छ ।
यहाँ आज नयाँ वर्षको दिनमा टिकटक बनाउन , सेल्फी खिच्न , पारिवारिक खानपान गर्न ५ हजार बढी आईपुगेको स्थानीयको अनुमान छ । यहाँ विदाको समय तथा विभिन्न चाडबाडको अवसरमा कटारी आसपासबाट फोटो खिच्न , म्युजिक भिडियोहरु बनाउन , टिकटक बनाउन , जन्मदिन मनाउन , पारिवारिक बनभोज खान आईपुग्नेहरुको घुईचो लाग्ने गरेको छ ।
गएको वर्ष कटारी ३ को ताराघारीबाट च्याँगा रिंगरोड कालोपत्रेको काम अन्र्तगत ताराघारीबाट .च्याँगा जाने सडक कालोपत्रे भएको थियो । कालोपत्रे सडकखण्डको जंगल क्षेत्रमा आसपासमा हरियाली र वीचमा कालोपत्रे सडक भएपछी फोटो खिच्ने क्रम बढेको थियो ।
त्यहि आकर्षणलाई मध्यनजर गर्दै गएको दसैंमा च्याँगाका स्थानीय युवाहरुले सडक आसपाका वोट विरुवाहरुमा रंग लगाएर झनै आकर्षक बनाएका थिए । आसपास सफा गर्नुका साथै रंगाईपछी झनै सडकको आकर्षण बढेको हो ।
हाल यस सडक भाईरल रोडले परिचित बन्दै गएको छ । यहाँ आन्तरिक पर्यटकहरु आउने र रमाउने गरेका छन् । हरियाली बातावरण कालोपत्रे सडक यहाँको आकर्षण बन्दै गएको छ ।भिडियोका लागि यो लिन्क क्लिक गर्नुहोला ।https://www.youtube.com/watch?v=mCXC_SGcKIkयुट्युबमा गएर कटारी न्युज टिभी katari news tv मा पनि भिडियो हेर्न सक्नुहुनेछ ।


जनता भ्वाइस 







