जन्ताभ्वाईस सम्बाददाता
१ , बैशाख ,बिहिबार , २०७९
कटारी/ कटारी बजारमा कामगर्दै आएका मजदुरहरुको ज्यालाको दररेट कायम गरिएको छ । बुधबार नगरपालिका , उदयपुर उद्योग वाणिज्य संघ , राजनीतिक दलका प्रतिनिधिहरु र मजदुरहरुको भेलाले मजदुरहरुको कामको ज्यालाको दररेट कायम गरेको हो ।
मजदुरहरुले लामो समयदेखि पुरानै दररेटमा काम गरिहेको गुनासो गरेपपछी छलफल पश्चात ज्यालादर कायम गरिएको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । बजारमा सवारीसाधनहरुबाट लोड अनलोड गर्दै आएका मजदुरहरुले पाउनुपर्ने श्रमको मूल्यको विषयमा छलफल गरी ज्याला दररेट कायम गरिएको हो ।
सवारीसाधनबाट सामान लोड अनलोडको ज्यालादर कायम भएपछी मजदुरहरुलाई सहज हुने भएको छ । दर कायम भएपपछी मजदुरहरु श्रमशोसण पर्ने एकरुपता नहुने समस्या अन्त्य हुने भएको छ । दररेट नगरपालिकाको आधिकारिक फेसबुक पेज हेल्लो कटारी नगरपालिकामा समेत सार्वजनिक गरिएको छ ।


जनता भ्वाइस 








