जन्ताभ्वाईस सम्बाददाता
२८ , चैत्र , सोमबार , २०७८
कटारी/ आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट कटारी नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता जीवनाथ दाहालले उमेद्वारी पाएर विजयी भए कार्यकाल अवधिभर कुनै सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ ।युवा पुस्तामा चर्चित युवा नेता दाहालले नगरमा पहिलो एजेण्डा शुसासन कायम गर्नु रहेको बताउँदै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।
नगरमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत दाहालले गर्नुभएको छ । दाहाल यसअघि समेत समाजसेवामा समर्पित हुनुहुन्छ । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका दाहाल प्रेस चौतारी नेपाल उदयपुर शाखाका अध्यक्ष समेत हुनुहुन्छ ।
कटारी नगरकमिटीले समेत युवा नेता दाहाल सहित ६ जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने नेता दाहालको भनाई छ । एमालेमा विद्यार्थीकालदेखि नै सकृय राजनीतिमा लागेका दाहाल मेयरका लागि दाबेदार उमेद्वार समेत हुनुहुन्छ । मेयरमा दावी गर्नेहरुमा वर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउतसँगै एमाले नेता विष्णु मुरी , रतन पोखरेल , र संञ्जिव कार्की रहेका छन् ।


जनता भ्वाइस 








