images
images

नगर प्रमुखमा दावी गर्दै गठबन्धन गर्ने पक्षमा रहेको माओवादी केन्द्र कटारीको निर्णय

जन्ताभ्वाईस सम्बाददाता
२८ चैत्र , सोमबार , २०७८

कटारी/ नेकपा माओवादी केन्द्र नगर कमिटी कटारीले कटारी नगरपालिकाको नगर प्रमुखको दावी गर्दै गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा कमिटीको वैठकको निर्णयहरु सार्वजनिक गर्दै पार्टीले गठबन्धन दलवीच उचित सन्तुलन गर्दै आत्मसम्मानका साथ तालमेल गर्ने निर्णय भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा वोल्दै नगर कमिटीका अध्यक्ष मणिराज दाहालले देशैभरीको गठबन्धनको मापदण्ड आईसकेपछी स्वाभाविक रुपमा हिजोको जनमतलाई सम्मान गर्दै नगर प्रमुख सहितको दावी रहेको बताउनुभयो ।‘आत्मसम्मानका साथ सत्ता गठबन्धनकावीचमा गठबन्धन हुन्छ ।’उहाँले भन्नुभयो —‘गठबन्धनको साझा निर्णयबाट अघि बढ्छौं ’
कार्यदल सत्तागठबन्धन बनेपछी मात्रै टुंगो लाग्ने दाहालले बताउनुभयो । उहाँले पार्टी प्रणालीबाट नगर प्रमुख उमेद्वार बन्ने बताउँदै यसको टुंगो पार्टीले लगाउने बताउनुभयो । आकांक्षी धेरै रहेको पनि उहाँको भनाई थियो । सम्पूर्ण पार्टी कमिटी जनवर्गिय कमिटीलाई निर्वाचन केन्द्रित तयारीमा परिचालन गर्ने निर्णय नगर कमिटीले चैत्र २५ गते गरेको पनि सम्मेलनमा समितिका सचिव यम्बर बहादुर कटुवाले बताउनुभयो ।
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको समाजवाद उन्मुख राज्य व्यवस्थाको अर्थव्यवस्था निर्माणक निम्ति नेकपा माओवादी केन्द्र प्रदेश , जिल्ला , स्थानीय तहमा गठबन्धन गर्ने पक्षमा कमिटीले निर्णय गरेको कमिटीका प्रवक्ता ईश्वर पोखरेलले बताउनुभयो ।